कुन कुन कम्पनीमा छ हाथवे इन्भेष्टमेन्टको शेयर लगानी ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 07, 2024 | 03:55:15 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रति शेयर ५० रुपैयाँ मै आईपीओ निष्काशन गरेको हाथवे इन्भेष्टमेन्ट कम्पनी पछिल्लो समय शेयरबजारको चर्चाको विषय बन्न पुगेको छ । ५० रुपैयाँ मै शेयर निष्काशन गरेको कम्पनीको शेयर मूल्य इन्ट्रा डे कारोबारमा एक हजार रुपैयाँ नागेको थियो । छोटो समय मै कम्पनीको शेयर मूल्य उच्च अंकले बढेपछि बजारमा यसको चर्चा निक्कै छ ।

यो एउटा इन्भेष्टमेन्ट कम्पनी हो , जसले घर जग्गा तथा अन्य कम्पनीको शेयरमा लगानी गर्छ । आर्थिक वर्ष २०७९/८० को विवरण अनुसार कम्पनीको घर जग्गामा गरिएको लगानी १८ करोड ३२ लाख रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ५.७५ प्रतिशत बढी हो ।

त्यस्तै बजार मूल्यको आधारमा आर्थिक वर्ष २०७९/८० मा सुचिकृत भएका कम्पनीमा हाथवेको लगानी ४ करोड ७७ लाख रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ५८.९३ प्रतिशत कम हो । सुचिकृत नभएको कम्पनीको शेयरमा हाथवेको ३३ करोड ७८ लाख लगानी रहेको छ ।

हेर्नुस् कुन कम्पनीको संस्थापक शेयरमा हाथवेको कति लगानी ? (बजार मूल्यको आधारमा )

चन्द्रागिरी हिल्स लिमिटेड : १३ करोड ८२ लाख

डिस मिडिया नेटवर्क : ५७ लाख ४८ हजार

लुम्बिनी केवलकार प्राली : ६ करोड २७ लाख

नेपाल वेयरहाउजिङ कम्पनी : १ करोड ५० लाख

सानिमा मिडिल तमोर हाइड्रो: १ करोड ११ लाख

हाइलाइफ़् एग्रो एण्ड फुड इन्डस्ट्री : ७ करोड

सर्वोत्तम सिमेन्ट लिमिटेड : २ करोड ५० लाख

मिड सोलु हाइड्रो : १ करोड


सुचिकृत कम्पनीको संस्थाग्पक शेयरमा हाथवेको लगानी (बजार मूल्यको आधारमा )

नेपाल पूर्वाधार बैंक : १ करोड २५ लाख 

आईएमई जनरल इन्स्योरेन्स: १७ करोड १ लाख 

पोखरा फैनंस : १२ करोड ९२ लाख 

ग्लोबल आईएमइ बैंक : ३ करोड ५८ लाख 

सिद्धार्थ बैंक : २ करोड ८५ लाख 

कामना सेवा विकास बैंक: ४ करोड ८३ लाख 

नेपाल पुनर्बिमा कम्पनी : ३५ करोड ३ लाख 

मन्जुश्री फाइनान्स : २ करोड ९१ लाख 

ग्रामिण विकास लघुवित्त : ९६ लाख ५३ हजार 

ज्योति विकास बैंक : १७ लाख ११ हजार 

प्रभु बैंक : २ करोड ४५ लाख 

युनाइटेड अजोड इन्स्योरेन्स : १ करोड ४० लाख 

सिटिजन लाइफ इन्स्योरेन्स : २ करोड २५ लाख 

आईएमई लाइफ इन्स्योरेन्स : ४ करोड ९६ लाख 


त्यस्तै कम्पनीको सहायक कम्पनीको रुपमा हाथवे स्टक डिलर लिमिटेड संचालनमा रहेको छ ।  स्टक डिलरको कायम चुक्तापुंजी रु.८१,४८,८१,२०० मध्ये ९०.०० प्रतिशत हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेडको स्वामित्व रहेको छ । स्टक डिलर कम्पनीले समिक्षा वर्षमा पूँजीबजारको प्रतिकुल वर्ष भएतापनि वार्षिक मुनाफा रु.५,२९,२३,७९६ कमाउन सफल रहेको कम्पनीले जनाएको छ । आगामीे दिनहरुमा हाथवे स्टक डिलर लिमिटेडलाई ऐन नियमको परिध भित्र रही उपयूक्त सोहि प्रकृतिको कम्पनीसंग मर्जर तथा एक्विजिशनमा लाने सोच समेत रहेको कम्पनीले उल्लेख गरेको छ ।

हाथवे इन्भेष्टमेन्ट कम्पनीले पुस २६ गते साधारणसभा गर्दै छ । कम्पनीले आर्थिक वर्ष २०७९/८०  को मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र करो प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved