कारोबार सुरु भएको केहि सेकेण्ड मै हिमालयन रिइन्स्योरेन्सको शेयर मूल्यमा सकारात्मक सर्किट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 08, 2024 | 11:06:03 AM मा प्रकाशित

laxmi  sunrise bank

नियमित कारोबार सुरु भएको केहि सेकेण्ड मै हिमालयन रिइन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ११ बजे नियमित कारोबार सुरु भएकोमा त्यसको केहि सेकेण्ड मै कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशत बढेको हो ।यो समाचर तयार पार्दासम्म कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशत बढेर ३४०.१० रुपैयाँ कायम भएको छ । कम्पनीको आज सोमबार बाट नै शेयर कारोबार सुरु भएको हो। आज सोमबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो म्यचिङ कारोबार भई शेयर मूल्य तय भएसंगै कम्पनीको शेयर कारोबार सुचारु भएको हो । 

कम्पनीको पहिलो कारोबार ३०९.२ रुपैयाँमा भएको थियो ।  नेप्सेले हिमालयन रिइन्स्योरेन्सको पहिलो शेयर कारोबारको लागि १०३‍.७ रुपैयाँ देखि ३०९.२१ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको थियो । यस रेन्जबीचको जुनसुकै मूल्यबाट कारोबार सुरु हुन सक्ने व्यवस्था रहेकोमा उच्चतम बिन्दुबाट नै कारोबार सुरु भएको हो। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रति शेयर नेटवर्थको ३ गुणासम्मको रेन्ज तोक्ने गरेको छ । 

कम्पनीको HRL सिम्बलबाट कारोबार सुरु भएको हो । आइतबार कम्पनीको सर्वसाधारण तर्फको ३ करोड र संस्थापकको ७ करोड गरी कुल १० करोड कित्ता शेयर नेप्सेमा सुचीकृत भएको हो । 

हिमालयन रिइन्स्योरेन्स निजि क्षेत्रको पुनर्बीमा कम्पनी हो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved