सनराइज क्यापिटल र लक्ष्मी क्यापिटल मर्ज भएर बन्यो एलएस क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 08, 2024 | 07:32:58 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज क्यापिटल लि. र लक्ष्मी क्यापिटल मार्केट लि. एक आपसमा गाभिई एलएस क्यापिटलको नामबाट मर्चेण्ट बैकिङ्ग कम्पनीका रुपमा एकीकृत कारोबारको शुभारम्भ भएको छ ।  कम्पनी रजिष्ट्रारको कार्यालयबाट मंसिर २९ गते लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडको नाममा कारोबार गर्ने स्वीकृति प्राप्त गरी आजबाट एकिकृत कारोबार सुरु गरिएको कम्पनीले जनाएको छ ।

आज आयोजित कार्यक्रममा साविक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडका अध्यक्ष सुमेद भट्टराई र सनराइज क्यापिटल लिमिटेडका अध्यक्ष अपछ कुमार यादवले एकिकृत कारोबार प्रारम्भ भएको घोषणा गरेका हुन्।  दुई कम्पनी गाभिए पश्चात नवीनतम सेवा सुबिधाका साथ छुट्टै पहिचान स्थापित गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

मर्जर पश्चात राजिव सापकोटाले अध्यक्षको पदभार ग्रहण गरेका छन् भने विजय लाल श्रेष्ठले प्रमुख कार्यकारी अधिकृत पदको जिम्मेवारीलाई निरन्तरता दिएका छन् ।   एकीकृत चुक्ता पुँजी मर्जर पश्चात ४८ करोड ८९ लाख कायम भएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved