सर्वोत्तम सिमेन्टको दोस्रो चरणको आईपीओ आजदेखि, क-कसले दिन पाउँछन् आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 10, 2024 | 08:57:13 AM मा प्रकाशित

laxmi  sunrise bank

सर्वोत्तम सिमेन्ट लिमिटेडले आज पुस २५ गतेदेखि उद्योग प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई  आईपीओ निष्काशन गरेको छ । कम्पनीले उद्योग प्रभावित स्थानीयलाई ९ लाख ३० हजार कित्ता र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई २ लाख ६७ हजार कित्ता शेयर निष्काशन गरेको हो ।

कम्पनीले बुक बिल्डिंग विधिबाट शेयर निष्काशन गरेको हो । कम्पनीको शेयर मूल्य प्रति कित्ता ३६०.९० रुपैयाँ रहेको छ । यस निष्काशनमा आवेदन दिंदा न्युनतम ५० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले माघ १० गतेसम्म आवेदन दिईसक्नु पर्ने छ ।  उद्योग प्रभावित स्थानीयले छिटोमा माघ १० र ढिलोमा माघ २५ गतेसम्म आवेदन दिन सक्ने छन् । 

उद्योग/खानी प्रभावितको रुपमा निम्न स्थानका स्थानीयले आवेदन दिन पाउने छन् ।

 नवलपरासी जिल्लाको सुनवल नगरपालिका वडा नं. ३, ४, ५, ६, ११ र १३ (साविक सुनवल नगरपालिकाको वडा नं. ३, वडा नं. ४, वडा नं. ५ वडा नं. ६ साविक धुरकोट गा.वि.स.को वडा नं. ६ र साविक रामनगर गा.वि.स.को वडा नं. २, ४, ५, ६ र ७) ।

 खानी उत्खनन् प्रभावित क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नं. १ र २ (साविक सिद्धेश्वर गा.वि.स. का वडा नं. १, २, ४, ६, ७, ८, ९ र साविक सोमाबी गा.बि.स.को वडा नं. १ र २), रिब्दीकोट गाउँपालिकाको वडा नं. २, ३, ४ र ६ (साविक वेउराली गा.वि.स. वडा नं. ३, ४, ५, ६ र ७, साविक खस्यौली गा.वि.स. वडा नं. २, ४, ५, ६ र ७, साबिक भैरवस्थान गा.वि.स. वडा नं. ३, ४, ६ र ७ र साविक ठिमुरे गा.वि.स. वडा नं. ३, ८ र ९), तिनाउ गाउँपालिकाको वडा नं. १, २ र ३ (साविक कचल गा.वि.स. का १ देखि ९ सम्मका सम्पूर्ण वडाहरु र साविक दोभान गा.वि.स. का वडा नं. १, २, ३, ४, ५, ६, ७ र ९), मायागढी गाउँपालिकाको वडा नं. ७ र ८ (साविक रहह्यास गा.वि.स. र साबिक बहादुरपुर गा.वि.स.का सम्पूर्ण वडाहरु) र निस्वी गाउँपालिकाको वडा नं. ७ (साविक ज्यामिरे गा.वि.स.का सम्पूर्ण वडाहरु ) मा बसोबास गर्ने स्थानीय बासिन्दाहरु । 

कम्पनीले यस अघि पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई शेयर निष्काशन गरेको थियो । दोस्रो चरणमा अहिले उद्योग प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई शेयर निष्काशन गर्न लागेको हो । यस पछि कम्पनीले तेस्रो चरणमा आम सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने छ ।  शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ । 

यो पनि : नागरिक लगानी कोषले सर्वोत्तम सिमेन्टको ४ लाख कित्ता शेयर पायो, अन्यले कति ? (सूचीसहित) 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved