लोवर इर्खुवाको आईपीओ नबिके ज्योति क्यापिटलले किन्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 16, 2024 | 07:46:30 PM मा प्रकाशित

laxmi  sunrise bank

लोवर इर्खुवा हाईड्रोपावरले निष्काशन गर्ने आईपीओको ज्योति क्यापिटलले प्रत्याभूति गरेको छ। हाइड्रोले सर्वसाधारणलाई बिक्री गर्न लागेको २८ लाख ५ हजार ७ सय ५० कित्ता शेयरको लागि ज्योति क्यापिटलले प्रत्याभूति गरेको हो। यस संगै कम्पनीको आईपीओ पुरै बिक्री नभए बिक्री नभएको शेयर ज्योति क्यापिटलले खरिद गर्ने छ ।

मंगलबार क्यापिटल र हाइड्रोपावर कम्पनीबीच शेयर प्रत्याभुति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।  सम्झौतामा  ज्योति क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र लोवर इर्खुवा हाईड्रोका प्रबन्ध सञ्चालक विश्वेश्वर सुवेदीले हस्ताक्षर गरेका हुन्।

ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको ज्योति क्यापिटलको चुक्ता पुंजी २१ करोड रहेको छ ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved