सुपर खुदी हाइड्रोले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आईएमइ क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2024 | 06:18:44 PM मा प्रकाशित

laxmi  sunrise bank

सुपर खुदी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशनको लागि बिक्री प्रबन्धक चयन गरेको छ । कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको हो  । 

सम्झौतामा सुपर खुदी हाइड्रोपावरको तर्फबाट बरिष्ठ आयोजना प्रबन्धक रबि कुमार गौतम र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइटेलले हस्ताक्षर गरेका छन् । कम्पनीले सर्वसाधारणमा प्रति कित्ता अंकित मुल्य रु. १००।– दरको ६९ लाख ७५ हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । 

वि.सं. २०६५ सालमा प्रा.लि. को रुपमा दर्ता भई वि.संं.२०८० सालमा पब्लिक कम्पनीको रुपमा परिणत भएको सुपर खुदी हाइड्रोपावर लिमिटेडको रजिष्टर्ड (केन्द्रीय) कार्यालय का.म.न.पा.वडा नंं. ३० डिल्लिबजार, चारखालमा रहेको छ । अधिकृत पूँजी १ अर्ब ७५ करोड रुपैयाँ र जारी पुँजी १ अर्ब ५५ करोड रुपैयाँ रहेको यस कम्पनीले ६९ करोड ७५ लाख रुपैयाँ बरावरको साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । लमजुङ्ग जिल्लाको मस्र्याङ्गदी गाउँपालिकाको वडा नं. २, खुदीमा रहेको माथिल्लो खुदी जलविद्युत आयोजनाले खुदी खोलाबाट २६ मेगावाट विद्युतशक्ति उत्पादन गर्ने गरी वि.सं.२०७८ साल बैशाखबाट आयोजनाको निर्माण कार्य थालनी गरेको हो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved