माउन्टेन ग्लोरी लिमिटेडले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धक चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 26, 2024 | 05:23:53 PM मा प्रकाशित

laxmi  sunrise bank

माउन्टेन ग्लोरी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले शेयर निष्काशनको लगी लक्ष्मी सनराइज क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ ।

सम्झौतामा कम्पनीको तर्फवाट अध्यक्ष शुनिल भक्त श्रेष्ठ तथा क्यापिटलको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् । कम्पनीले रु.१००÷— अकिंत दरको ४०,००,००० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।

 जारी पूँजी रु.१ अर्व ५० करोड रहेको माउन्टेन ग्लोरी लिमिटेडले पोखराको दोभिल्ला स्थीत करिब ७० रोपनी क्षेत्रफलमा फैलिएको ६४ कोठा सहित बिषेश सुविधा सम्पन्न रिजोर्टको रुपमा माउन्टेन ग्लोरी फोरेष्ट रिसोर्ट एण्ड स्पा संचालन गरी सुविधा उपलब्ध गराउदै आएको छ । निकट भविष्यमा शेयर निष्काशन पश्चात कोठाहरु थप गरी विदेशी होटल संग अनुबन्धन गरे पश्चात पाँच तारे होटलकोे रुपमा सेवा उपलब्ध गराउने योजना रहेको कम्पनीले जनाएको छ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved