अरुण भ्याली हाइड्रोको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2024 | 09:48:05 AM मा प्रकाशित

laxmi  sunrise bank

अरुण भ्याली हाइड्रोपावर कम्पनीको हकप्रद सुरक्षित गर्ने आज माघ १४ गते अन्तिम दिन रहेको छ।  कम्पनीले हकप्रद निष्काशन प्रयोजनको लागि माघ १५ गते बुक क्लोज गर्ने निर्णय गरेकोले माघ १४ गतेसम कायम शेयरधनीले मात्र कम्पनीले निष्काशन गर्ने हकप्रद आवेदन दिन सक्ने छन्। 

 कम्पनीले १:१ को अनुपातमा शत प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो। अब कम्पनीले १ करोड ८६ लाख ७९ हजार ६ सय २६ कित्ता शेयर निष्काशन गर्ने छ । शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

नेपाल धितोपत्र बोर्डले पुस १९ गते कम्पनीलाई हकप्रद निष्काशन अनुमति दिएको हो । कम्पनीले हकप्रद निष्काशन मिति भने तय गरेको छैन । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved