सुर्योदय वोमी लघुवित्तको लाभांश घोषणा, एफपीओ भर्नेले पाउँछन् कि पाउँदैनन् ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 04, 2024 | 10:42:16 AM मा प्रकाशित

laxmi  sunrise bank

 सुर्योदय वोमी लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ १९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । 

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको १४.०७७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।  नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । 

कम्पनीका अनुसार साविकका दुइवटा लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा मर्जर गर्ने कार्य सम्पन्न भई मिति २०७८/१२/१९ गते देखि एकीकृत वित्तीय कारोवार शुरुवात गरिएको हुँदा एकीकृत कारोवार भएको मिति देखि दुई वर्ष सम्म लाभांशमा कर छुट हुने व्यवस्थाको कारण बोनस शेयर कर प्रयोजनार्थ छुट्टै रकम नछुट्याइएको हो । एकीकृत कारोवार शुरुवात भएको मिति भन्दा पछि शेयर खरिद गर्ने शेयरधनीहरुले लाभांश कर वापतको नियमानुसार रकम भुक्तानी गर्नुपर्ने छ । साथै, संस्थाको सर्वसाधारणमा थप सार्वजनिक शेयर निष्काशनको (FPO) प्रक्रियाका क्रममा आगामी २०८०/१२/१८ गते भित्र साधारण सभा हुन नसकेको खण्डमा शेयरधनीहरुले लाभांश कर वापत नियमानुसारको रकम भुक्तानी गर्नुपर्ने छ ।संस्थाको हाल कायम पूँजी संरचना बमोजिम संस्थापक समूहको शेयर स्वामित्व ७०.३६ प्रतिशत तथा सर्वसाधारण तर्फको शेयर स्वामित्व २९.६४ प्रतिशत रहेकोमा सर्वसाधारण तर्फको शेयर स्वामित्व बढाई ३० प्रतिशत पुयाउने प्रयोजनका लागि ४६, ७२९.५४५ कित्ता शेयर सर्वसाधारणमा थप सार्वजनिक शेयर निष्काशन (FPO) गर्ने प्रक्रियामा रहेको हुँदा वार्षिक साधारण सभा सञ्चालन प्रयोजनार्थ Book Close भन्दा अगावै उक्त शेयर समायोजन भएमा समायोजित शेयरधनीहरुलाई समेत प्रस्तावित बोनस शेयर वितरण गरिनेछ । थप सार्वजनिक शेयर निष्काशन (FPO) मार्फत थप हुने शेयर सहित हुन आउने चुक्ता पूँजी रु ९१,५४,५५, ४६३/- (एकानब्बे करोड चौवन्न लाख पचपन्न हजार चार सय त्रिसट्ठी रुपैया) को एकान प्रस्तावित बोनस शेयर वापतको रकम १४.००५१ प्रतिशत हुने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved