आज १८१ कम्पनीको शेयर मूल्य बढ्यो, हिमालयन रि र माउन्टेन इनर्जीको कारोबार उच्च

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 06, 2024 | 03:19:09 PM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार शेयर बजार परिसूचक नेप्से बढेको छ । आज नेप्से सूचक ९.४४ अंकले बढेर २०८५.७१ को बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका ३१५ कम्पनीका ७६ लाख २४ हजार ३ सय ७६ कित्ता शेयर खरिद बिक्रीबाट २ अर्ब ५९ करोड १५ लाख ३४ हजार ९ सय ७ रुपैयाँ ७६ पैसाको कारोबार भएको छ । जस मध्ये हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक ३३ करोड ७६ लाखको कारोबार भएको छ भने माउन्टेन इनर्जीको १६ करोड ६५ लाखको कारोबार भएको छ । त्यस्तै नेपाल पुनर्बीमा कम्पनीको ८ करोड ७४ लाख, नेपाल टेलिकमको ७ करोड ३५ लाख तथा हाथ्वाए इन्भेष्टमेन्टको ७ करोड ३० लाखको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये समाज लघुवित्तको शेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशत बढेको छ भने गुराँस लघुवित्तको शेयर मूल्य ९.४२ प्रतिशतले बढेको छ । त्यस्तै युनाइटेड अजोड इन्स्योरेन्सको शेयर मूल्य ७.४० प्रतिशत तथा दोर्दीखोलाको शेयर मूल्य ६.९६ प्रतिशत बढेको छ ।

आज कारोबारमा आएका मध्ये सामलिङ पाव्व्रको शेयर मूल्य सर्वाधिक १० प्रतिशत घटेको छ भने नेपाल टेलिकमको शेयर मूल्य ५.१० प्रतिशत घटेको छ । 

आज कारोबारमा आएका मध्ये अन्य र ट्रेडिङ बाहेकका सबै समुहगत सूचक घटेका छन् । आज उत्पादन समुह सर्वाधिक १.०८ प्रतिशत बढेको छ । 

आज कारोबारमा आएका मध्ये १८१ कम्पनीको शेयर मूल्य बढेको छ भने ५७ कम्पनीको मूल्य घटेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved