प्रिमियम बाहेकका आईपीओलाई अनुमति दिन चन्द्र ढकालको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 07, 2024 | 09:56:08 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले तत्काल आईपीओ निष्काशनको अनुमति प्रदान गर्न धितोपत्र बोर्डलाई आग्रह गरेका छन् इकोनोमिक मिडिया एशोशियनले आयोजना गरेको 'अर्थतन्त्र पुनरुत्थानमा सरोकारवालाको भूमिका' विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष मल्लले बोर्डमा अध्यक्ष नहुँदा आईपीओ अनुमति रोकिएकोले विवाद नभएका कम्पनीलाई आईपीओ अनुमति दिन माग गरेका हुन्।

उनले प्रिमियम तोकिएका, विवाद रहेका बाहेकका अन्य आईपीओलाई अनुमति दिन आग्रह गरेका हुन् । सबै प्रक्रिया पुरा गरेर अन्तिम चरणमा पुगिसकेका कम्पनी पनि एउटा पत्रले आईपीओ निष्काशन गर्नबाट रोकिएकोले उनले अनुमति दिन आग्रह गरेका हुन् । 

आईपीओ निष्काशन नियमित हुनु पर्ने भन्दै उनले भने 'आईपीओलाई अनुमति दिने काम ठप्प हुनु राम्रो होइन, यसको बाटो खुलाउनु पर्छ, प्रिमियम बाहेकका आईपीओलाई नियमित रुपमा अनुमति दिनु पर्छ'

आईपीओ निष्काशन अनुमति दिने निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको कार्यकाल सकिएपछि अहिले आईपीओ निष्काशन ठप्प छ । बोर्डमा अध्यक्ष नहुँदा करिब ४२ कम्पनीको ३० अर्बको सार्वजनिक निष्काशन प्रक्रिया ठप्प छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved