झ्यामोलोङ्गमा हाइड्रोले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एलएस क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 07, 2024 | 06:48:21 PM मा प्रकाशित

laxmi  sunrise bank

झ्यामोलोङ्गमा हाइड्रोपावार डेभलपमेन्ट कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले शेयर निष्काशन गर्नको लागि लक्ष्मी सनराइज क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको हो ।

सम्झौतामा कम्पनीको तर्फवाट कार्यकारी संचालक सुनिल नारायण श्रेष्ठ तथा एल एस क्यापिटलको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानियवासी, नेपाल सरकारको सम्बन्धित नियकाबाट श्रम स्वीकृति लिई विदेशमा रोजगारी गरिरहेका नेपाल नागरिकहरु तथा सर्वसाधारण समेतका लागि  रु.१००÷— अकिंत दरको साधारण शेयर ५१,००,००० कित्ता शेयर निष्काशन गर्न लागेको हो । कम्पनीको जारी पूँजी रु.२ अर्ब ५५ करोड रहेको छ । 

कम्पनीले कास्की जिल्लामा ३२ मे.वा. क्षमता रहेकोकरुवा सेती हाइड्रोपावर आयोजना निर्माण गरी रहेको छ।   आयोजना निर्माण कार्य करीब ९० प्रतिशत सम्पन्न गरिसकेको छ । उक्त कम्पनीको आयोजना निर्माण कार्य सम्पन्न भए पश्चात यसै आर्थिक वर्ष भित्र विद्युत उत्पादन गरेर राष्ट्रिय प्रसारण लाइनमा जोडी विद्युत वितरण योजना समेत कम्पनीको रहेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved