आजदेखि कुमारी क्यापिटलको नयाँ म्युचुअल फण्डको इकाई बिक्रि खुला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2024 | 09:58:41 AM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी क्यापिटलले आज माघ २८ गतेबाट कुमारी सबल योजना नामक सामुहिक लगानी कोष योजनाको इकाईहरु बिक्री खुला गरेको छ। क्यापिटलले कुमारी म्युचुअल फण्ड अन्तर्गत संचालन हुने कुमारी सबल योजना नामक बन्दमुखी म्युचुअल फण्ड योजनाको इकाई निष्काशन गरेको हो । 

यस योजनाको आकार १ अर्ब  रहेको छ ।  क्यापिटल प्रति इकाई १० रुपैयाँको दरले फण्डको १० करोड इकाई निष्काशन गरेको हो ।  जस मध्ये १ करोड ४० लाख इकाई कोष प्रबर्दक कुमारी बैंकलाई छुट्याईएको छ। बाँकि रहेको ८ करोड ५० लाख इकाईको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । 

आवेदन दिंदा न्युनतम १०० कित्ता र अधिकतम १ करोड कित्ताको लागि दिन सकिने छ । यस इकाईमा  छिटोमा फागुन २ गतेसम्म र सो अवधिसम्म पूर्ण आवेदन नपरेमा ढिलोमा फागुन १३ गतेसम्ममा आवेदन दिन सकिने क्यापिटलले जनाएको छ । यस म्युचुअल फण्डको अवधि १० वर्ष रहेको छ।

हाल क्यापिटलले कुमारी इक्विटी फण्ड र कुमारी धनवृद्धि योजना नामक बन्दमुखी योजना र 'कुमारी सुनौलो योजना' नामक खुलामुखी योजना संचालन गरिरहेको छ । 

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved