शतप्रतिशतले बढ्यो हिमालयन रिइन्स्योरेन्सको खुद नाफा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2024 | 09:25:08 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन रिइन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ९९.७३ प्रतिशतले बढेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले ६० करोड २७ लाख खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा ३० करोड १७ लाख रहेको थियो ।

१० अर्ब चुक्ता पुंजी रहेको कम्पनीको बीमा कोष ५ अर्ब ३६ करोड रहेको छ । कम्पनीको लगानी पोर्टफोलियो १५ अर्ब १२ करोड रहेको छ ।

त्यस्तै कम्पनीको शेयर प्रिमियम खातामा ३ अर्ब १८ करोड रुपैयाँ,  रिटेन अर्निङ ६९ करोड २८ लाख, महाविपत्ती कोषमा ७ करोड ७० लाख रुपैयाँ , र अन्य इक्विटीमा २ करोड ४१ लाख रुपैयाँ रहेको छ। यस अवधिमा कम्पनीको प्रिमियम संकलन १५४.६५ प्रतिशतले बढेर १ अर्ब ९९ करोड पुगेको छ । यस अवधिमा कम्पनीको दाबी भुक्तानी ५०.९० प्रतिशतले बढेर ७३ करोड १५ लाख रहेको छ । 

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १२ रुपैयाँ ५ पैसा, प्रति शेयर नेटवर्थ १४७ रुपैयाँ ३१ पैसा, र पीई रेसियो ४१.३० गुणा रहेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved