नगरकोट रिसोर्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने, ज्योति क्यापिटलसँग सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 13, 2024 | 01:58:30 PM मा प्रकाशित

laxmi  sunrise bank

नगरकोट रिसोर्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्नको लागि ज्योति क्यापिटलसँग सम्झौता गरेको छ ।

 क्यापिटलले प्रदान गरिरहेको संस्थागत परामर्श सेवा “व्यबसायको आरम्भ देखि सम्पन्नता सम्म” प्रदान गर्ने सम्बन्धी दुई पक्षिय सम्झौतामा हस्ताक्षर भएको हो ।  यस सेवा अन्तर्गत क्यापिटलले  कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि सर्वसाधारण लाई शेयर जारी गर्ने चरणसम्म पु¥याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आईरहेको छ ।

सोही सेवा अन्तर्गत संस्थागत परामर्श सेवा सहित पूँजी संरचना परिवर्तन, प्राईभेट इक्विटीको व्यवस्था लगायतका कार्य गर्न आवश्यक परामर्श दिई भविष्यमा कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भए बमोजिमका कार्य गर्न सम्झौता भएको कम्पनीले जनाएको छ । 

नगरकोट रिसोर्ट लिमिटेडको कार्यालय काभ्रेपलान्चोक जिल्ला, मण्डनदेउपूर नगरपालिका, नगरकोटमा, आयोजित एक समारोहबीच ज्योति क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिकास ढकाल र नगरकोट रिसोर्ट लिमिटेडको तर्फबाट कम्पनीको सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र राउत क्षेत्रीले संस्थागत परामर्श सेवा सम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। उक्त समारोहमा नगरकोट रिसोर्ट लिमिटेडका संचालक निरज बहादुर राउत क्षेत्री तथा वित्तीय परामर्शदाता सिए गोविन्द शर्मा गैरे समेतको उपस्थिति रहेको थियो ।

ज्योति क्यापिटल लिमिटेडले व्यवसायको आरम्भ देखि सम्पन्नता सम्म सेवा अन्तर्गत प्रा.लि. लाई पब्लिक कम्पनीमा परिणत गरी साधारण शेयर निष्काशन गर्न सक्ने सम्म बनाउने कार्य गर्न आवश्यक परामर्श सेवा संचालन गरिरहेको छ ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved