दोस्रो खुलामुखी सामुहिक लगानी कोष योजना संचालन गर्दै एनआईसी एशिया क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 15, 2024 | 01:16:30 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया क्यापिटलले दोस्रो खुलामुखी सामुहिक लगानी कोष योजना संचालनको तयारी गरेको छ । क्यापिटलले एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत संचालन हुने गरि 'एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किम' नामको खुलामुखी योजना संचालन गर्न लागेको हो ।

क्यापिटलले योजना संचालनको लागि गत असार मै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएकोमा माघ २४ गते थप कागजात बुझाएको छ । यो योजनाको आकार १ अर्ब रहेको छ । यस योजना अन्तर्गत क्यापिटलले १० रुपैयाँ अंकित दरका १० करोड इकाई निष्काशन गर्ने छ ।

क्यापिटलले अहिले पनि 'एनआईसी एशिया डायनामिक डेट फण्ड' नामको खुलामुखी योजना संचालन गरिरहेको छ । हाल डेट (Debt) मा आधारित खुलामुखी योजना संचालन गरिरहेको क्यापिटलले अब इक्विटी (equity) मा आधारित खुलामुखी फण्ड संचालन गर्न लागेको हो ।

क्यापिटल हाल एनआईसी एशिया ब्यालेन्स फण्ड, एनआइसी एशिया ग्रोथ फण्ड, एनआईसी एशिया सेलेक्ट ३० र एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड नामका बन्दमुखी म्युचुअल फण्ड योजना संचालन गरिरहेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved