शेयरबजारमा दोहोरो अंकको गिरावट, आईआरडीको गतिविधिले लगानीकर्ता शशंकित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 22, 2024 | 03:22:33 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन आज बिहिबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक २०.७६ अंकले घटेर २००५.८३ को बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका ३०९ कम्पनीका ९५ लाख १८ हजार ७५ कित्ता शेयर खरिद बिक्रीबाट ३ अर्ब २० करोड ६१ लाख ६७ हजार २५ रुपैयाँ ३७ पैसाको कारोबार भएको छ । जस मध्ये हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक १४ करोड ८७ लाख गुर्खाज फाइनान्सको १४ करोड १ लाख, जोशी हाइड्रोको ८ करोड ९३ लाख तथा एनआईसी एशिया बैंकको ६ करोड ४० लाख बराबरको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये समाज लघुवित्तको शेयर मूल्य सर्वाधिक १० प्रतिशत बढेको छ भने जोशी हाइड्रोको शेयर मूल्य ९.८७ प्रतिशत बढेको छ । त्यस्तै सामलिङ पावरको शेयर मूल्य ९.८५ प्रतिशत . बोटलर्स नेपाल बालाजुको शेयर मूल्य ८.२४ तथा बोटलर्स नेपाल तराईको शेयर मूल्य ५.७३ प्रतिशत बढेको छ ।आज कारोबारमा आएका मध्ये फाइनान्स र उत्पादन तथा  प्रशोधन बाहेकका सबै समुहगत सूचक घटेका छन् । आज हाइड्रो समुह सर्वाधिक १.९० प्रतिशत घटेको छ । 

पछिल्लो समय आन्तरिक राजस्व विभागले मर्जर तथा प्राप्तिमा गएका मध्ये गाभ्ने संस्थामा कायम रहेका शेयरधनीको विवरण नेप्सेसँग माग गरेको छ ।  अर्थमन्त्रालयको आन्तरिक राजस्व विभाग मातहतको मध्यमस्तरीय करदाता कार्यालयले नेपाल स्टक एक्सचेन्ज नेप्सेलाई पत्र नै पठाएर  सो विवरण माग गरेको हो। कर कार्यालयले २०७६/०७७ वा सो भन्दा अघिका मितिमा गाभ्ने गाभिने संस्था र गाभ्ने संस्थाको सूची एउटा ढांचामा उपलब्ध गराउन नेप्सेलाई पत्र  लेखेको छ।  २०७६/०७७ वा सो भन्दा अघिका मितिमा विभिन्न निकायहरु एक आपसमा गाभिएको मितिमा कायम रहेका शेयरधनीहरु मध्ये गाभ्ने निकायमा कायम रहेका शेयरधनीहरुको जानकारी उपलब्ध गराउनलाई नेप्सेलाई फागुन ४ गते पत्राचार गरेको हो।

गाभ्ने र गाभिने मध्ये गाभ्ने संस्थाका शेयरधनीहरुले कर छुट नपाउने कर कार्यलयको बुझाई रहेकाले गाभ्ने निकायका शेयरधनीले पाएको कर अशुल्ने प्रयोजनले अहिले नेप्सेलाई पत्राचार गरिएको हुन सक्ने स्रोतको दाबि छ। स्रोतकाअनुसार करिब ११ बर्षदेखि गाभ्ने गाभिने संस्थाले कर छुट लिंदै आएकाले गाभिने संस्थाका शेयरधनीबाट मात्रै पनि राजश्व अशुल्दा ५० अर्ब हाराहारीको कर दायित्व आउने देखिन्छ।  यस्ता समाचार आएपछि बजारमा गिरावट आएको जानकारहरु बताउछन् ।

यो पनिकरले माग्यो गाभ्ने संस्थाका ११ वर्षदेखिको शेयरधनीको विवरण, थप कर उठाउन खोजेको आशंका

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved