गरिमा क्यापिटलले निःशुल्क मेरोशेयर र डिम्याट खाता खोलिदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 22, 2024 | 06:30:53 PM मा प्रकाशित

laxmi  sunrise bank

 गरिमा क्यापिटल लिमिटेडले  “सित्तैमा ” डिम्याट र मेरोशेयर खाता खोल्न सकिने  योजना ल्याएको छ । यस योजना अन्तर्गत सम्पूर्ण प्राकृतिक नेपाली नागरिकहरूले २०८१ साल आषाढ मसान्त सम्म “सित्तैमा ” डिम्याट र मेरोशेयर खाता खोल्न सकिने क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार ग्राहकहरुले यो सुविधा कमलपोखरी, काठमाडौं स्थित गरिमा क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय, गरिमा विकास बैंक लिमिटडका देशैभरका सम्पूर्ण शाखा कार्यालयहरु, रिलायन्स फाइनान्स लिमिटेडका देशैभरका सम्पूर्ण शाखा कार्यालयहरु र गरिमा क्यापिटल लिमिटेडको वेवसाईट www.garimacapital.com/ मार्फत बिना झन्झट घरमै बसी खाता खोल्न सक्ने छन्।

यो सुविधा लिनको लागी घरमै बसी https://demat.garimacapital.com/#/register लिंकमा गई सिधै “सित्तैमा” डिम्याट र मेरोशेयर खाता खोल्न सकिने क्यापिटलले जनाएको  छ । कम्पनीले भनेको छ 'यस सम्बन्धी थप जानकारीको लागि कार्यालयको ल्याण्डलाईन नं. ०१४५२९१४९/५०, ४५१६६९१ र मोबाईल नम्बर ९८४७३७९१०८ Viber/WhatsApp मा समेत सोझै सम्पर्क गर्न सकिनेछ । अथवा क्यापिटलको सामाजिक सञ्जालहरु जस्तैः Facebook, Instagram मार्फत जानकारी लिन पनि सकिनेछ ।'

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved