२ हजारको बिन्दुबाट पनि तल झर्यो शेयरबजार, हाइड्रो समुहमा सर्वाधिक गिरावट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 25, 2024 | 03:20:51 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज आइतबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक २६.८१ अंकले घटेर १९७९.०२ को बिन्दुमा पुगेको छ ।

आज कारोबारमा आएका मध्ये ३१७ कम्पनीका ८५ लाख ४६ हजार ९ सय ३० कित्ता शेयर खरिद बिक्रीबाट ३ अर्ब ८ करोड ६९ लाख ५१ हजार ७० रुपैयाँ ५१ पैसाको कारोबार भएको छ । जस मध्ये संन नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक २५ करोड १८ लाखको कारोबार भएको छ भने जोशी हाइड्रोको ११ करोड ३ लाख र हिमालयन रिइन्स्योरेन्सको ११ करोड १ लाखको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये बोटलर्स नेपाल बालाजुको शेयर मूल्य सर्वाधिक १० प्रतिशत बढेको छ भने चिर्खुवा हाइड्रोको शेयर मूल्य ८.५५ प्रतोशतले बढेको छ । त्यस्तै धौकागिरी लघुवित्तको शेयर मूल्य ६.६६ प्रतिशत, गुर्खास फाइनान्सको शेयर मूल्य ५.१६ प्रतिशत तथा सन् नेपाल लाइफ इन्स्योरेन्सको शेयर मूल्य ५.०४ प्रतिशत बढेको छ।

आज कारोबारमा आएका मध्ये समाज लघुवित्त र मोलुंग हाइड्रोको शेयर मूल्य १० प्रतिशत घटेको छ । त्यस्तै सामलिंग हाइड्रोको शेयर मूल्य ९.५६ प्रतिशत घटेको छ भने बलेफी हाइड्रोको शेयर मूल्य ९.२१ प्रतिशत घटेको छ ।

आज कारोबारमा आएका मध्ये फाइनान्स र उत्पादन तथा प्रशोधन समुह बाहेक सबै समुहगत सूचक घटेका छन् । जस मध्ये हाइड्रो समुह सर्वाधिक २.४२ प्रतिशत घटेको छ । 

आज कारोबारमा आएका मध्ये २०६ कम्पनीको शेयर मूल्य बढेको छ भने ३८ कम्पनीको मूल्य मात्र बढेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved