शेयरबजारमा दोहोरो अंकको वृद्धि: सवा ४ अर्बको कारोबार, फाइनान्स कम्पनीमा झुम्मिए लगानीकर्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2024 | 03:11:56 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज शेयरबजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक २२.७५ अंकले बढेर २०२६.८२ को बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका ३११ कम्पनीका १ करोड १२ लाख १० हजार १ सय २ कितात शेयर खरिद बिक्रीबाट ४ अर्ब २५ करोड ६६ लाख ७६ हजार ३ सय ३३ रुपैयाँ ५६ पैसाको कारोबार भएको छ । जस मध्ये नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयरको सर्वाधिक ९५ करोड २० लाखको कारोबार भएको छ । त्यस्तै गोर्खाज फाइनान्सको १९ करोड ४ लाख, सुर्यलाइफ इन्स्योरेन्सको ११ करोड २९ लाख, सर्वोत्तम सिमेन्टको ९ करोड ९३ लाख तथा नेपाल फाइनान्सको ८ करोड ७९ लाखको कारोबार भएको छ।

आज कारोबारमा आएका मध्ये नेपाल फाइनान्स, पोखरा फाइनान्स, जानकी फाइनान्स, तथा गुराँस लघुवित्तको शेयर मूल्य १० प्रतिशत बढेको छ । त्यस्तै मानुषी लघुवित्तको शेयर मूल्य ९.९९ प्रतिसत बढेको छ भने  विन नेपाल लघुवित्तको शेयर मूल्य ९.७४ प्रतिशत बढेको छ । 

आज तारागाउँ रिजेन्सी होटेलको शेयर मूल्य सर्वाधिक १० प्रतिशत घटेको छ भने कालिका लघुवित्तको शेयर मूल्य ४.३५ प्रतिशत घटेको छ ।

आज कारोबारमा आएका मध्ये होटेल तथा टुरिजम र ट्रेडिङ बाहेकका सबै समुहगत सूचक बढेका छन् । जस मध्ये फाइनान्स समुह सर्वाधिक ५.९५ प्रतिशत तथा विकास बैंक समुह ३.१६ प्रतिशत बढेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved