प्रभु बैंकको साधारणसभा आह्वान, यस्ता छन् ६ प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 09, 2024 | 08:54:39 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंकले साधारणसभा आह्वान गरेको छ । कम्पनीले २०८१ वैअशाखा २० गते बिहिबार बबरमहल स्थित आफ्नै केन्द्रीय कार्यालयमा साधारणसभा आह्वान गरेको हो ।

बैंकले साधारणसभा प्रयोजनको लागि वैशाख ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । वैशाख ३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । बैंकले लाभांश प्रस्ताव गरेको छैन ।

यस्ता छन् बैंकको सभामा पेश हुने प्रस्ताव: 


१. आ.व. २०७९ / ०८० को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहित आ.व. २०७९/०८० को वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने ।

३. यस बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेड र प्रभु स्टक मार्केट लिमिटेडको आ.व. २०७९ / ०८० को वित्तीय विवरण सहितको एकीकृत Consolidated) वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने ।

४. बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आ. व. २०८०/०८१ का लागि लेखापरीक्षण समितिको सिफारिस बमोजिम लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव उपर छलफल गरी पारित गर्ने ।

५. सञ्चालकहरुको नियुक्ती अनुमोदन एवं जानकारी सम्बन्धमा ।

६. विविध । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved