आज बुधबार शेयर बजार परिसूचक नेप्से झिनो अंकले बढेको छ। आज नेप्से सूचक ०.१५ अंकले बढेर १९६९.१७ अंकको बिन्दुमा पुगेर रोकिएको छ ।
आज कारोबारमा आएका ३१३ कम्पनीका ७२ लाख ८४ हजार २ सय ७२ कित्ता शेयर खरिद बिक्रीबाट २ अर्ब ५३ करोड ६४ लाख ३१ हजार ९ सय ९८ रुपैयाँ ५० पैसाको कारोबार भएको छ । जस मध्ये नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयरको सर्वाधिक ६३ करोड ३० लाखको कारोबार भएको छ । त्यस्तै पोखरा फाइनान्सको १४ करोड ८० लाख, गोर्खाज फाइनान्सको ८ करोड ४० लाख, तथा नेपाल फाइनान्सको ५ करोड ७४ लाखको कारोबार भएको छ ।
आज पोखरा फाइनान्सको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भने गुराँस लघुवित्तको शेयर मूल्य ९.९२ प्रतिशत बढेको छ । त्यस्तै सपोर्ट माइक्रोफाइनान्सको शेयर मूल्य ७.५५ प्रतिशतले बढेको छ भने नेपाल फाइनान्सको शेयर मूल्य ५.७६ प्रतिशत बढेको छ।
आज माइखोला हाइड्रोको शेयर मूल्य सर्वाधिक ७.८४ प्रतिशत घटेको छ भने नबिल डिबेन्चरको शेयर मूल्य ३.९६ प्रतिशत घटेको छ । त्यस्तै महिला लघुवित्तको शेयर मूल्य ३.८४ प्रतिशत घटेको छ ।
आज कारोबारमा आएका मध्ये बैंकिंग, फाइनान्स, र उत्पादन तथा प्रशोधन बाहेकका सबै समुहगत सूचक घटेका छन् । आज बैंकिंग समुह ०.२१ प्रतिशत तथा फाइनान्स समुह २.४४ प्रतिशत बढेको छ । आज होटेल समुह सर्वाधिक ०.४४ प्रतिशत घटेको छ ।
आज कारोबारमा आएका मध्ये ११७ कम्पनीको मूल्य घटेको छ भने ११३ कम्पनीको शेयर मूल्य बढेको छ ।