हिमालयन सेक्युरिटिज लिमिटेडको कारोबार शुभारम्भ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2024 | 04:48:53 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैंक लिमिटेडको पूर्ण स्वमित्वमा स्थापित हिमालयन सेक्युरिटिज लिमिटेडको आज बैशाख १३ गतेबाट व्यवसायिक कारोबार सुरु गरेको छ । ब्रोकर नम्बर ९६ को रुपमा कम्पनीले कारोबार थालेको हो ।

धितोपत्र दलालको रुपमा ग्राहकहरुलाई उच्चस्तरिय ब्रोकरेज तथा सम्वद्ध सेवाहरु प्रदान गर्ने कम्पनीले जनाएको छ । हाल कम्पनीको कुल चुक्ता पूँजी रु साठ्ठी करोड रहेका छ । पूर्ण कार्य गर्ने धितोपत्र दलालको रुपमा नेपाल धितोपत्र बोर्डबाट वि.सं. २०८० भाद्र ६ गते स्वीकृति प्राप्त गरेको हिमालयन सेक्युरिटिज लिमिटेडले २०८० माघ ०३ मा नेपाल स्टक एक्स्चेन्जबाट सदस्यता प्राप्त गरेको थियो ।

 कम्पनीले धितोपत्र कारोबारका सहित अन्य विशिष्टकृत सेवा प्रदान गर्ने उद्देश्य राखेको जनाएको छ । कम्पनीले प्रारम्भिक चरणमा ग्राहकहरुलाई धितोपत्र कारोबार सेवा प्रदान गर्ने र निकट भविष्यमा नियामक निकायबाट अनुमति प्राप्त गरि मार्जिन कारोबार (Margin Lending) तथा अन्य पुँजी बजार सम्बन्धी सेवाहरु प्रदान गर्ने उल्लेख गरेको छ ।

कम्पनीले उत्कृष्ट सेवा प्रदान गर्दै धितोपत्र दलाल सेवाको लागि प्राथमिक सेवा प्रदायक बन्ने लक्ष्य राखेको जनाएको छ। कम्पनीले हाल सि.टि.सि. मल, सुन्धारामा रहेको कार्यालयबाट आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved