मौद्रिक नीतिले पुंजीबजारमा कस्तो प्रभाब पार्ला ? यस्तो छ लगानीकर्ता तथा विश्लेषकको मिश्रित प्रक्रिया

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 12, 2017 | 09:48:32 AM मा प्रकाशित

laxmi  sunrise bank

लगानीकर्ताहरु माझ मात्र नभई बैंक तथा वित्तीय क्षेत्रमा पनि मौद्रिक नीतिबारे मिश्रित प्रतिक्रिया आएको छ। धेरै लगानीकर्ताले मौद्रिक नीतिले कुनै उत्साह नथपेको बताएका छन भने केहि लगानिकर्ताले भने सोचे जस्तो नभएपनि सकारात्मक नै रहेको बिचार व्यक्त गरेका छन। 

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्षको लागि ल्याएको मौद्रिक नीतिले पुंजीबजारमा पार्ने प्रभाव कस्तो होला भन्ने चाँसो बढेको छ। लगानीकर्ता, शेयर विश्लेषक र सरोकारवालाहरुबाट मौद्रिक नीतिबारे मिश्रित प्रतिक्रिया आएको छ। 

यसैक्रममा पाठकहरुको जिज्ञासालाई सम्बोधन गर्ने उदेश्यले बिजपाटीले शेयर विश्लेषक, लगानीकर्ता तथा सरोकारवालाहरुसंग आर्थिक बर्ष २०७४-७५ को मौद्रिक नीतिले पुंजीबजारमा कस्तो प्रभाब पार्न सक्छ ? लगानीकर्ताको हिसाबले मौद्रिक नीतिका सकारात्मक पक्ष र नकरात्मक पक्ष के के हुन ? भन्ने जिज्ञासा राखेको थियो। प्रस्तुत छ, मौद्रिक नीतिबारे उहाँहरुको बिचार: 


निरब पुडाशैनी- शेयर विश्लेषक 

अपेक्षाकृत रूपमा मौद्रिक नितीले ख़ासै आशा देखाएन। लगानीको दृष्टिकोणले ब्याज बढ्न सक्ने संकेतको कारण त्यती धेरै उत्साह रहेन।

पुंजीबजारमा  मार्जिन लोनमा केही प्रतिशत बढ्न सक्ने अनुमान रहेता पनि त्यती धेरै आशा बैकहरूसंग गर्न नसकिएला। बैदेशीक लगानीको दृष्टिकोणमा यस पटक केही आशा गर्न सकिएला जस्तो देखीन्छ। तथापि ७.२ को आर्थिक बृद्दि हासिल गर्न गाह्रो देखिन्छ।






ज्योति दाहाल-अधिवक्ता तथा विश्लेषक 

सकारात्मक रुपमा बुझिदिने लगानीकर्ता भए नीतिमा नकारात्मक हुने कुनै विषय छैन | तर अर्काको भर पर्नेको लागि भने जहिले पनि नकारात्मक नै हुन्छ | आफैंले धेर थोर बुझ्ने प्रयास गर्नुपर्छ | लगानीकर्ताको लागि संधै चासो हुने मार्जिन लेन्डिंगको दायरा फराकिलो भएको छ | 

शेयरबजार तरलता कायम गर्ने संयन्त्र हो भन्ने बुझेर सरकार, नियमक र अन्य सम्वद्ध निकायले सोहि अनुसारको नीति लागू गरिदिए बजारलाई अघि बढ्न मद्दत पुग्छ | 

पूँजी बढ्दा पनि अनिवार्य नगद मौज्दात उही कायम राख्नु नहुने हो कि जस्तो लागेको छ | संस्थागत निक्षेपको मात्रा घटाउन दिएको निर्देशन सह्रानीय छ | यसले बैंकप्रति व्यक्तिको विश्वसनीयता बढाउन सक्छ र कुनै कारणवश संस्थागत निक्षेपकसँग बैंकको मनमुटाव भएमा निक्षेप बाहिरिए पनि बैंकलाई तरलता संकटबाट रोक्न सक्छ |

स्प्रेड रेट घट्ने अपेक्षा गरिएको थियो तर यो घट्नु पर्ने पनि थियो तर घटेन।


टंक गौतम, प्रवक्ता, ब्रोकर संघ

मौद्रिक नीतिको कारण पुंजीबजारमा नकारात्मक प्रभाब पर्ला भन्ने जस्तो लाग्दैन। समग्रमा मौद्रिक नीतिलाई सकारात्मक रुपमा नै लिएको छु। बजारमा अहिले लगानीयोग्य रकमको अभाब देखिएको छ भनिएको छ तर यसको सम्बोधन भनेको सरकारले खर्च बढायो या समयमै गर्नु पर्ने खर्च गर्यो भने सम्बोधन हुन्छ। 

अहिलेको मौद्रिक नीतिले दिएको संदेश भनेको अहिले कायम ब्याजदरलाई नचलाउ स्थिर राख भन्ने हो।  सरकारले खर्च बढाउदै लग्यो र समयमै खर्च गर्यो भने त वित्तीय प्रणालीमा पैसा प्रशस्त आउनेछ। 

लघुवित्तको चुक्ता पुंजी बढाउने गरि मौद्रिक नीति आउछ कि भन्ने थियो त्यो भएन तर मौद्रिक नीति लघुवित्तको हितमा नै आएको ठानेको छु। राष्ट्र बैंकले मौद्रिक नीति मार्फत बाणिज्य बैंकहरुले बिपन्न बर्ग अन्तर्गत प्रत्यक्ष रुपमा प्रवाह गर्नुपर्ने न्युनतम २ प्रतिशतको कर्जा अनुपात अनिवार्य नहुने व्यस्था गरिदिएको छ। यसले पनि लघुवित्तलाई राहत पुगेको छ। 

लगानीकर्ताले ब्याजदर घट्नेगरि राष्ट्र बैंकले मौद्रिक नीति आउला, लघुवित्तको चुक्ता पुंजी वृद्धि गर्ने नीति आउला भन्ने अपेक्षा गरेका थिए त्यो पुरा भएको छैन। यद्दपी सरकारले ७ दशमलब २ प्रतिशतको आर्थिक वृद्धि दरको लक्ष्य राखेर बजेट ल्याएको छ, यसका लागि समयमै खर्च गरि बिकास निर्माणका काम गर्नु पर्ने हुन्छ। यसो हुँदा बजारमा पैसा आउने र त्यसले तरलतालाई समाधान गर्ने अपेक्षा गरेको छु।


नबराज सुबेदी-प्रवक्ता, लगानीकर्ता संघ 

लगानीकर्ताको हिसाबले मौद्रिक नीति सकारात्मक नआएको भन्ने बुझेको छु। लगानीकर्ताको अपेक्षा सम्बोधन गर्नबाट राष्ट्र बैंक चुक्यो भन्ने लागेको छ। बजारमा तरलता अभाव (लगानी योग्य रकम) भएको बेला त्यसलाई सम्बोधन गर्ने गरि मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको दायित्व हो तर त्यसबाट राष्ट्र बैंक चुकेको छ। 

चर्को ब्याजदरले मारमा परेका लगानीकर्ता, निजि क्षेत्र र व्यवसायी मौद्रिक नीतिबाट निराश बनेका छन्। पुंजीबजारमा उत्साह ल्याउने कुनै पनि काम मौद्रिक नीतिले गरेको छैन।


अहिले पुंजीबजार केहि सकरात्मक देखिनुको कारण मौद्रिक नीति नभई अब बैंक तथा वित्तीय संस्थाले वित्तीय विवरण सार्वजनिक गर्ने मिति नजिकिदै गरेकाले बजार केहि सकारात्मक देखिएको हो।    


रामु खनाल-लगानीकर्ता-विश्लेषक

पुजि बजार निकै संबेदनसिल क्षेत्र हो । सानो सानो सूचना एवं परिवर्तनको असरको प्रभाव बजारमा तुरुन्त देखिन्छ । मौद्रिक निति बाट बजारमा तुरुन्तै सकारात्मक प्रभाव पार्न सक्ने मौद्रिक नितिको लगानीकर्ताहरुले आशा गरेका  थिए तर त्यो आशालाई तुरुन्तै खुशीमा परिवर्तन गर्न सक्ने कुनै ब्यवस्था मौद्रिक नितिमा गरिएन। अत: जसको कारण मौद्रिक निति आएको भोलिपल्ट नै बजार खस्किन पुग्यो ।

अहिलेको मौद्रिक नितिले पुजी बजारमा चमत्कारिक सुधार आउन सक्ने कुनै विशिष्ट ब्यवस्था गर्न सकेको छैन पुरानै परिपाटीको तर नयाँ बोत्तलमा पुरानो रक्सी जस्तो देखिन्छ । अत: यहि मौद्रिक निति कै कारण बजारमा तुरुन्तै चमत्कारिक सुधार आउन सक्ने देखिदैन । 

यो मौद्रिक नितिको सकारात्मक पक्ष भनेको बित्तिय संस्थाहरुलाई मर्जरमा जान प्रोत्साहन गरेको छ , जसको कारण पुजी वृद्धि हुन गई लगानीको दायरमा समेत  वृद्धि हुन्छ र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्छ । यो मौद्रिक नितिले फोर्स मर्जरको ब्यवस्था गरेको छ जसको  कारण पुजी पुर्याउन नसक्ने कमजोर संस्थाहरु आफै  लोप हुन गई बलियो संस्थाहरुको बजारमा आगमन हुन्छ र  यसले बजारमा सकारात्मक प्रभाव पार्न सक्छ । ग्रामीण क्षेत्रमा बैंक तथा बित्तीय संस्थाहरु खोल्न प्रोत्साहन गरेको छ जसको कारण बैंक तथा बित्तीय क्षेत्रमा लगानीकर्ताहरुको पहुँच वृद्धि गइ शेयर बजारको बिस्तारमा नयाँ नयाँ लगानीकर्ताहरु थपिन गइ बजार बिस्तारमा यसले अह भुमिका खेल्न सक्छ ।

यो मौद्रिक नितिले मर्जरको नाममा लामो समय सम्म कारोबार रोक्का हुँदा लगानीकर्ता ठुलो मारमा पर्छन् यसको अन्त्यको कुनै ब्यवस्था गरेको छैन। एउटा साधारण सभाले अगाडि लगानीकर्तालाई यति प्रतिशत र उति प्रतिशत दिन्छु भन्ने अनि अर्को सभाले अब नदिने वा परिमार्जन गर्ने लगानीकर्ता झुक्याउनेलाई नियन्त्रण गर्ने कुनै ब्यवस्था गर्न सकेको छैन । इनसाइडर ट्रेडिङ रोक्ने कुनै सम्यन्त्रको परिकल्पना नगरिनु यो मौद्रिक नितिको पुजी बजार ब्यवस्थापन सम्बन्धि कमजोरी हो ।

क्रेडिट क्रन्चको दृघकालिन ब्यवस्थापनको लागि अहिको मौद्रिकनिति त्यति उत्साहजनक रहेन । शेयर धितोको कर्जाको सिमा बढाइनु पर्ने थियोे त्यो पनि हुन सकेन । लघुबित्त एवं अन्य बित्तीय संस्थाहरुको पुजी वृद्धि सम्बन्धि ठोस कुरा आउनु पर्ने थियोे त्यो पनि आउन सकेन । शेयर लगानीमा ब्याजदर  सरलिकृत गर्नु पर्न थियोे त्यो पनि भएन । अहिलेको मौद्रिक नितिले पुजी बजारलाई विशिष्टिकृत रूपमा सम्बोधन गर्नु पर्ने थियोे त्यो पनि हुन सकेन । बित्तीय संस्थाहरुको पुजी वृद्धिमा राइट शेयर भन्दा पनि बोनस शेयरले प्राथमिकता पाउनु पर्ने थियोे त्यो पनि हुन सकेन । 

यो मौद्रिक नितिले बजारमा तत्काल कुनै सकारात्मक प्रभाव पर्ने ब्यवस्था गर्ला  र दृघकालिन  रूपमा बजार बिस्तार एवं सबैको पहुँचमा  शेयर बजारको लागि बैंकलाई शेयर कारोबार गर्न सक्ने नितिगत ब्यवस्था होला भनेको त्यो हुन सकेन । केहि कुराहरुको ब्यवस्था गरिएता पनि समग्र बजारमा उछाल आउन सक्ने र दृघकालिन प्रभाव पार्न सक्ने कुनै ठोस कुरा उल्लेख हुन सकेन ।


घनश्याम रिजाल-लगानीकर्ता  

पुंजीबजारमा ऋण नलिएर लगानी गर्ने लगानीकर्तालाई अहिले जारि गरिएको मौद्रिक नीतिले त्यस्तो फरक पार्दैन। तर ऋण लिएर लगानी गर्ने लगानीकर्तालाई मार परेको छ। जबसम्म बैंकले लिने ब्याजदर घट्दैन, तबसम्म त्यसले लगानीकर्तामा कुनै उत्साह थपिदैंन। 

लगानीकर्ताको लागि अहिलेको मौद्रिक नीति  'नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छा बाउको अनुहार' भएको छ। अब लगानी बढाउँ चर्को ब्याजदर छ, अलि अलि भएको नाफा पनि बैंकलाई ब्याज तिर्दै ठिकै हुन्छ। 

मौद्रिक नीतिले हात बानेर अगाडी चौरासी ब्यन्जंनको खाना पस्के झैँ गरेको छ। सेयर धितोमा दिने कर्जाको अमाउँन्ट बढाईएको छ भनेको छ तर बैंकहरुसंग लगानीयोग्य रकम छैन भनिएको छ। यस्तो अवस्थामा कसरी लगानीकर्ताले सस्तो ब्याजदरमा ऋण पाउँछन ? अहिलेको अवस्थामा ऋण लिएर लगानी गर्ने भनेको बैंकलाई ब्याज तिर्ने काम मात्र हो। 

अपेक्षा  

सबै लगानीकर्ताको झैँ मेरो अपेक्षा पनि ब्याजदर घटाउने गरि मौद्रिक नीति आउला भन्ने थियो तर त्यो सम्बोधन नै भएन। अर्को तर्फ बैंकहरुमा तत्काल लगानियोग्य रकम आउने गरि कुनै ठोस नीति ल्याउला भन्ने थियो त्यो पनि भएन। 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved