सिटी एक्सप्रेसको 'विदेशबाट सिटी पठाऔं दश गुणा बढी पाऔें' योजना सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 01, 2023 | 08:34:58 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटी एक्सप्रेस मनी ट्रान्सफरले 'विदेशबाट सिटी पठाऔं दश गुणा बढी पाऔें' योजना सार्वजनिक गरेको छ ।  कम्पनीले नेपालीहरुको महान चाड २०८० सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसंग पर्वको खुशी साट्न लगातार ६१ दिन सम्म चल्ने यो योजना सार्वजनिक गरेको जनाएको छ।

कम्पनीका अनुसार सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत  हरेक महिना १ जनालाई जनही रु १००,००० ,  हरेक हप्ता ५ जनालाई जनही रु २५,००० साथै  ६१ दिन लगातार हरेक दिन १०० जना विजेताहरुलाई  जनही रु ५०० को वालेट टप् अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफुले पठाएको रकमको १० गुणा बढी रकम पाउने छन्। 

 अफर असोज १५ देखि मङ्सिर १५ गते सम्म लागू हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो अवधिभरी सिटी एक्सप्रेस मार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु हुने छैन ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved