
Romania बाट Smith and Smith मार्फत रेमिट्यान्स पठाउदा एक लाख रुपैयाँसम्म जित्न सकिने छ । बैंक खाता, इसेवा वालेट वा नगदमा रेमिट्यान्स पठाएर हप्तै पिछे १० हजार र बम्परमा एक जनाले १ लाख रुपैयाँ जित्न सकिने ईसेवा मनी ट्रान्सफरले जानेको छ ।
यो योजना 13th April 2024, 12:00 AM देखि लागु भएर 15th July 2024, 11:59PM सम्म मान्य हुनेछ । उक्त योजनाबारे ईसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले Smith and Smith को साझेदारीमा यो योजना सुचारू गरेको बताए । उनले Romania बस्दै आएका नेपालीहरुले ईसेवा मनी ट्रान्सफर मार्फत नेपाल पैसा पठाई अफरको फाईदा लिन पनि अनुरोध गरे ।
ईसेवा मनि ट्रान्स्फरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ७५ लाख भन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ ।