कामना सेवा विकास बैंकको खुद मुनाफामा १९६ प्रतिशतको छलाङ, व्यवसायमा उल्लेख्य प्रगति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 02, 2021 | 08:27:06 AM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा उल्लेख्य प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। गत बर्षको यस अवधिको तुलनामा बैंकको खुद मुनाफा १९६ प्रतिशतले बढेर २५ करोड १० लाख पुगेको छ। गत बर्षको यस अवधिमा बैंकले ८ करोड ४९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो। 

गत बर्षको यस अवधिमा २० करोड गैर संचालन मुनाफा आर्जन गरेको बैंकले यस अवधिमा यो आम्दानी झन्डै शुन्य भएपनि नियमित बैंकिंगबाटै १९६ प्रतिशतले खुद मुनाफा हुने गरि आम्दानी गर्न सफल भएको हो।  

त्यस्तै बैंकको निक्षेप बढेर ४७ अर्ब ८ करोड पुगेको छ भने कर्जा लगानी पनि बढेर ४२ अर्ब ९० करोड पुगेको छ। गत बर्षको तुलनामा बैंकको निक्षेप २८ प्रतिशत र कर्जा लगानी ४० प्रतिशतले बढेको हो। 

यस अवधिमा बैंकको क्यापिटल एडीक्वेसी १३।६६ प्रतिशत रहेको छ भने प्रतिशत सेयर आम्दानी बार्षिक २६ रुपैयाँ ५१ पैसा रहेको छ। 

त्यस्तै यस अवधिमा बैंकको चुक्तापुंजी २ अर्ब ६५ करोड रहेको छ भने रिटेंन अर्निंग ५० करोड ५० लाख रहेको छ। त्यस्तै खराब कर्जा अनुपात २।६४ प्रतिशतबाट घटेर १।७९ प्रतिशतमा झरेको छ। 

त्यस्तै बैंकको मुल्य आम्दानीको अनुपात २५।७६ गुणा रहेको छ भने प्रति सेयर नेत्वार्थ १५१ रुपैयाँ ८३ पैसा र ब्याजको आधार दर ८।५३ प्रतिशत रहेको छ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved