चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो २ महिनाको अवधिमा वाणिज्य बैंकहरुले कुल १६ अर्ब ६४ करोड खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार साउन र भदौमा २० वटा वाणिज्य बैंकहरुले १६ अर्ब ६४ करोड ८६ लाख खुद नाफा कमाएका हुन् ।
यस अवधिमा ग्लोबल आईएमई बैंकले सबैभन्दा धेरै १ अर्ब ७५ करोड खुद नाफ कमाएको छ । त्यस्तै नबिल बैंकले १ अर्ब ५६ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ४८ करोड, हिमालयन बैंकले १ अर्ब २३ करोड, र कुमारी बैंकले १ अर्ब १४ करोड खुद नाफा कमाएको छ । यी ५ बैंकले अर्ब बढी खुद नाफा कमाएका हुन् ।
यस अवधिमा नेपाल एसबिआई बैंक र माछापुच्छ्रे बैंकले भने सबैभन्दा कम खुद नाफा गरेका छन् । यी बैंकको खुद नाफा क्रमश: २७ करोड २९ लाख र ३७ करोड ६३ लाख रहेको छ । त्यस्तै सिटिजन्स बैंकल ४४ करोड ३१ लाख तथा स्ट्याण्डर्ड चार्टर्ड बैंकले ४८ करोड ४५ लाख खुद नफा कमाएको छ ।
अन्य बैंकको खुद नाफा भने ५० करोड माथि रहेको छ ।
हेर्नुस् कुन बैंकको खुद नाफा कति ?