चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिनामा विकास बैंकहरुले एक अर्ब ३५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । विकास बैंक मध्ये मुक्तिनाथ विकास बैंकको नाफा सबैभन्दा धेरै छ । मुक्तिनाथले साउन र भदौमा ३१ करोड २८ लाख रुपैयाँ खुन नाफा आर्जन गरेको छ ।
दोस्रो स्थानमा रहेको गरिमा विकास बैंकले दुई महिनामा १६ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । त्यसैगरी धेरै नाफा कमाउने विकास बैंकको तेस्रो र चौथो स्थानमा क्रमशः लुम्बिनी विकास बैंक र कामना सेवा विकास बैंक रहेका छन् । दुई महिनामा यी दुई विकास बैंकको खुद नाफा क्रमशः १५ करोड ६७ लाख र १३ करोड ९१ लाख रहेको छ ।
यस्तै, सोही अवधीमा चार वटा विकास बैंकहरु भने घाटामा गएका छन् । सबैभन्दा धेरै घाटा एक्सेल डेभलपमेन्ट बैंकको रहेको छ । दुई महिनामा एक्सेलको खुद घाटा १७ करोड ५० लाख रुपैयाँ पुगेको छ । त्यसैगरी, सप्तकोसी, नरायणी र मितेरीको खुद घाटा क्रमशः एक करोड ६७ लाख, ७६ लाख र ६४ लाख रुपैयाँ रहेको छ ।
दुई महिनाको अवधिमा १३ वटा विकास बैंकले खुद नाफा आर्जन गरेका छन् भने चार वटा घाटामा रहेका छन् ।
हेर्नुस् सूची कुन विकास बैंकको नाफा/घाटा कति ?