१८७ प्रतिशतले बढ्यो कामना सेवा विकास बैंकको खुद नाफा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2023 | 09:12:25 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा कामना सेवा विकास बैंकको खुद नाफा १८७.५८ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद नाफा ४ करोड १५ लाख रहेकोमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको नाफा बढेर ११ करोड ९५ लाख पुगेको हो 

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी भने ४९ करोड कायम भएको छ । खुद ब्याज आम्दानी घटे पनि बैंकको इम्पेयरमेन्ट चार्चको लागि छुट्याईएको रकम घटेपछि बैंकको नाफामा बढोत्तरी भएको हो  बैंकले अघिल्लो आवमा इम्पेयरमेन्ट चार्जको  लागि २५ करोड ६५ लाख छुट्याएकोमा चालु आवमा ९ करोड ५२ लाख मात्र छुट्याएको छ 

यस अवधिमा बैंकको संचालन मुनाफा २०३ प्रतिशतले बढेर १८ करोड पुगेको छ । बैंकको वितरणयोग्य मुनाफा भने ४३.६६ प्रतिशतले बढेर २ करोड ५६ लाख रहेको छ । बैंकको खराब कर्जा ३.४ प्रतिशतबाट बढेर ३.४८ प्रतिशत कायम भएको छ 

३ अर्ब २८ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा १ अर्ब ५४ करोड रहेको छ । यस अवधिमा बैंकको निक्षेप २.५५ प्रतिशतले बढेर ५४ अर्ब ८३ करोड पुगेको छ भने कर्जा प्रवाह ०.७७ प्रतिशतले घटेर ४३ अर्ब ५१ करोड पुगेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved