ग्लोबल र गुराँसले राम्रो गर्दा खस्कियो फर्स्ट माइक्रोफाइनान्स, किन लुकाईयो खराब कर्जा ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 02, 2023 | 10:14:25 AM मा प्रकाशित

laxmi  sunrise bank

तीन लघुवित्तले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्। खुद मुनाफा सहित अन्य सूचक सामान्य प्रगति गरेको देखिएपनि खराब कर्जा भने अस्वाभाविक देखाइएको पाइएको छ। 

ग्लोबल र गुराँसको अवस्था तुलनात्मक रुपमा राम्रो देखिँदा फर्स्ट माइक्रोफाइनान्सको पहिलो त्रैमासको अवस्था खस्किएको वित्तीय विवरणमा देखिन्छ। गत आर्थिक वर्षको यस अवधिको तुलनामा फर्स्ट माइक्रोको खुद मुनाफा झन्डै २०.५२ प्रतिशतले घटेर  ६ करोड ३७ लाखबाट ५ करोड ६ लाखमा सिमित भएको छ। खुद ब्याज आम्दानी घटेसँगै लघुवित्तको खुद नाफा पनि घट्न पुगेको हो। 

तर ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद मुनाफा २७.१५ प्रतिशतले बढेर २ करोड ६७ लाखबाट ३ करोड ४० लाख पुगेको छ भने गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद मुनाफा गत आर्थिक वर्षको यस अवधिसँगको तुलनामा धनात्मक अवस्थामा पुगेको छ। गत आर्थिक वर्षको यस अवधिसम्ममा ६० लाख २२ हजार रुपैयाँ ऋणात्मक रहेकोमा यस अवधिमा ९ लाख ३३ हजार रुपैयाँ ले खुद मुनाफा धनात्मक भएको हो। 

फर्स्ट माइक्रोको अन्य सूचकहरुपनि त्यति सकारात्मक देखिएका छैनन्। असोज मसान्तसम्ममा वितरणयोग्य मुनाफा २० करोड ४७ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा १७ रुपैयाँ ८४ पैसा रहेको छ।खुद ब्याज आम्दानी पनि ३३.२७ प्रतिशतले घटेर ८ करोड १ लाख रुपैयाँमा झरेको छ भने कुल सञ्चालन मुनाफा समेत २६.६० प्रतिशतले घटेको छ। त्यस्तै सञ्चालन मुनाफा ९ करोड ११ लाखले घटेर ७ करोड २४ लाख रुपैयाँमा सीमित भएको छ।

खुद नाफासँगै प्रतिशेयर आम्दानी पनि ९ रुपैयाँ १५ पैसाबाट घटेर १४२ रुपैयाँ ३७ पैसामा सीमित भएको छ भने प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ ३७ पैसा तथा मूल्य आम्दानी अनुपात ३५.६३ गुणा रहेको छ।

ग्लोबल आइएम र गुराँस लघुवित्तको अन्य सूचक सकारात्मक देखिएको छ। खुद ब्याज आम्दानी १३.८५ प्रतिशतले बढेको छ भने कुल सञ्चालन आम्दानी १२.२२ प्रतिशत र सञ्चालन मुनाफा २६.७४ प्रतिशतले बढेको छ। तर असोज मसान्तसम्ममा वितरण योग्य मुनाफा ६७ लाख रुपैयाँ ऋणात्मक रहेको छ।नाफासँगै प्रतिशेयर आम्दानी पनि २ रुपैयाँ ६२ पैसाबाट बढेर २१ रुपैयाँ ९८ पैसा पुगेको छ।  मूल्य आम्दानी अनुपात ३९.७६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८१ रुपैयाँ ५० पैसा छ।

गुराँस लघुवित्तको खुद ब्याज आम्दानी ११८.९१ प्रतिशत बढेर १ करोड २९ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ५५.७८ प्रतिशत बढेर १ करोड ९४ लाख रुपैयाँ पुगेको छ। त्यस्तै प्रतिशेयर आम्दानी ३ रुपेयाँ ६८ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ ५४ पैसा रहेको छ।

कर्जा नतिर्ने आन्दोलन तथा अन्य कारणले पछिल्लो समय लघुवित्त वित्तीय संस्थामा पनि कर्जा असुलीमा समस्या देखिएको छ। जस कारण गत आर्थिक वर्ष निर्धन लघुवित्त वित्तीय संस्था जस्तो लघुवित्तमा पनि खराब कर्जा ९.८७ प्रतिशत पुगेको थियो। साउन भदौ र असोजमा पनि कर्जा असुलीमा समस्या देखिएकाले खराब कर्जा औषतमा ८ प्रतिशत हाराहारी हुने प्रक्षेपण गरिएको थियो। 

तर ग्लोबल, गुराँस र फर्स्ट माइक्रोफाइनान्सको खराब कर्जा प्रक्षेपण विपरित देखिएको छ। सार्वजनिक बिवरण अनुसार फर्स्ट माइक्रोको खराब कर्जा शुन्यबाट बढेर १.९१ प्रतिशत पुगेको छ भने ग्लोबल र गुराँसको क्रमश २.७३ बाट ४.७६ र  ३.९५ बाट ४.२७ रहेको छ।  

स्वाभाविक खराब कर्जा देखाउदा बैंक वित्तीय सँस्थाले कर्जा लगानी नगर्ने तथा बजारमा गलत संदेश जाने भएकाले अधिकांश लघुवित्त वित्तीय संस्थाले खराब कर्जा लुकाउने गरेको एक लघुवित्तका कार्यकारी प्रमुखले बताए। नियामक निकाय नेपाल राष्ट्र बैंकले पनि खराब कर्जा वास्तविक भए नभएको यकिन गरेर सोहिअनुसार निर्णय नगरिदिने भएकाले सकेसम्म खराब कर्जाको यथार्थ तस्विर लुकाउने गरिएको उनको दाबि छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved