घाटामा रहेको मिर्मिरे लघुवित्त अब नाफामा, एनपीएल र ब्याज आम्दानीमा सुधार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2024 | 08:41:39 AM मा प्रकाशित

laxmi  sunrise bank

मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आफ्नो वित्तिय अवस्थामा उल्लेख्य सुधार गरेको छ। चालू आर्थिक वर्षको पहिलो त्रैमासमा नोक्सानीमा रहेको मिर्मिरे लघुवित्त दोस्रो त्रैमाससम्म आइपुग्दा नाफामा देखिएको छ। 

चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा आइपुग्दा मिर्मिरे लघुवित्तले ३ करोड ४० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। असोज मसान्तसम्म मिर्मिरे लघुवित्त झन्डै ४ करोडले नोक्सानीमा थियो। यद्दपि गत आर्थिक वर्षको यस अवधिसँगको तुलनामा भने मिर्मिरेको नाफा २ करोड ४१ लाखले कम हो। 

कर्जाको सावाँ ब्याज नउठेर लघुवित्त क्षेत्रनै अप्ठ्यारोमा परेको बेलामा पनि मिर्मिरेको निस्कृय कर्जा (एनपिएल)  अनुपात भने असोज मसान्तको तुलनामा धेरै सुधार देखिएको छ। एनपिएल असोज मसान्तको तुलनामा ६ प्रतिशतले घटेर ४,५१ प्रतिशतमा झरेको छ।  तर गत आर्थिक वर्षको यस अवधिसँगको तुलनामा निस्कृय कर्जा (एनपिएल) शुन्य दशमलब ६७ प्रतिशतले बढेको छ। 

असोज मसान्तको तुलनामा मिर्मिरेको खुद ब्याज आम्दानीमा पनि उल्लेख्य प्रगति देखिएको छ। असोज मसान्तसम्म प्रमुख आम्दानी मानिने खुद ब्याज आम्दानी ३ करोड ७१ लाख रहेकोमा पुष मसान्तसम्म आइपुग्दा खुद ब्याज आम्दानि १७ करोड ८५ लाख पुगेको छ। यद्दपि गत आर्थिक वर्षको यस अवधिसँगको तुलनामा मिर्मिरेको खुद ब्याज आम्दानी भने करिब ६ करोडले घटेको छ। 

यस अवधिमा मिर्मिरेको कुल निक्षेप २ अर्ब ५९ करोड ४६ लाख पुगेको छ भने कर्जा प्रवाह ८ अर्ब २६ कराेड ६४ लाख पुगेको छ। पछिल्लो समयय मर्जर तथा प्राप्तिको प्रक्रियामा रुमलिएकाले गत आर्थिक वर्ष रुमलिएको मिर्मिरेले पछिल्लो तीन महिनामा लय समातेको उसले सार्वजनिक गरेको वित्तीय विवरणमा देखिन्छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved