८१ प्रतिशतले बढ्यो गोर्खाज फाइनान्सको खुद नाफा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 22, 2024 | 01:42:36 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा गोर्खाज फाइनान्सको खुद नाफा ८१.०८ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीले १२ करोड १६ लाख खुद नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ६ करोड ७१ लाख थियो ।

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ५.४७ प्रतिशतले बढेर १८ करोड ३० लाख पुगेको छ। यस अवधिमा कम्पनीको नेट फि तथा कमिशन आम्दानी ९१.२० प्रतिशतले बढेर २ करोड २० लाख पुगेको छ । कम्पनीको संचालन आम्दानी २७.३३ प्रतिशतले बढेर २३ करोड ९६ लाख पुगेको छ । कम्पनीको संचालन मुनाफा ६३.६४ प्रतिशतले बढेर १९ करोड ७६ लाख पुगेको छ । कम्पनीको खुद ब्याज आम्दानी र नेट फि तथा कमिशन आम्दानी बढेपछि कम्पनीको खुद नाफा पनि बढेको हो। खुद नाफा बढेपनि कम्पनीको वितरणयोय मुनाफा भने ऋणात्मक रहेको छ ।

यस अवधिमा कम्पनीको खराब कर्जा भने ६.७६ प्रतिशतबाट बढेर १३.७३ प्रतिशत पुगेको छ । कम्पनीको प्रति शेयर आम्दानी २८.०२ रुपैयाँ रहेको छ । ८६ करोड ७९ लाख चुक्ता पुंजी रहेको कम्पनीको रिजर्भमा १ अर्ब २ करोड रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved