३० प्रतिशतले बढ्यो आरएसडिसी लघुवित्तको खुद नाफा, अन्य सूचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 15, 2024 | 10:14:40 AM मा प्रकाशित

laxmi  sunrise bank

आरएसडिसी लघुवित्तले आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । यस संगै आरएसडिसी तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गर्ने पहिलो कम्पनी पनि बनेको छ

तेस्रो त्रैमासमा कम्पनीको खुद नाफा ३०.३४ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीको खुद नाफा ८ करोड ६० लाख रहेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा बढेर ११ करोड २१ लाख पुगेको छ । 

कम्पनीको खुद ब्याज आम्दानी भने १३.४८ प्रतिशतले घटेर १८ करोड ५१ लाख कायम भएको छ। खुद ब्याज आम्दानी घटेपनि इम्पेरमेन्ट चार्ज वापतको रकम फिर्ता हुँदा कम्पनीको  खुद नाफा बढेको हो। कम्पनीको संचालन मुनाफा ३०.३० प्रतिशतले बढेर १६ करोड १ लाख पुगेको छ । कम्पनीको वितरणयोग्य मुनाफा ८ करोड ६१ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १२ रुपैयाँ १७ पैसा रहेको छ

 ९४ करोड ४३ लाख चुक्ता पुंजी रहेको कम्पनीको जगेडाकोषमा २३ करोड ३१ लाख रहेको  कम्पनीको निक्षेप तथा सापटी ५ अर्ब ६५ करोड रहेको छ भने कर्जा प्रवाह ६ अर्ब ५९ करोड रुपैयाँ रहेको छ। बैंकको खराब कर्जा २.९९ प्रतिशत रहेको छ 

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १५ रुपैयाँ ८३ पैसा, प्रति शेयर नेटवर्थ १२४ रुपैयाँ ६९ पैसा, र पीई रेसियो ३८.१० गुणा रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved