रिडी हाइड्रोको हकप्रद भर्नुभयो ? यस्तो छ शेयरधनीलाई कम्पनीको सूचना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 14, 2024 | 07:12:57 AM मा प्रकाशित

laxmi  sunrise bank

रिडी पावर कम्पनी लिमिटेडले फागुन १८ गतेदेखि हकप्रद बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको १:०.५ को अनुपात अर्थात् ५० प्रतिशत हकप्रद निष्काशन गरेको हो ।

कम्पनीले ७७ लाख ४४ हजार ५ सय ६ कित्ता कित्ता शेयर निष्काशन गरेको छ। कम्पनीले शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ । यस निष्काशनमा चैत्र ८ गतेसम्म आवेदन दिन सकिने छ।

कम्पनीले हकप्रद निष्काशनको लागि माघ २२ गते बुक्क्लोज गर्ने निर्णय गरेकोले माघ २१ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् । 

माघ २१ गतेसम्म कायम शेयरधनिहरुले रिडी हाइड्रोको थापाथली स्थित ट्रेड टावर, मुक्तिनाथ क्यापिटल लिमिटेड, मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखा तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्वा सेवामा आबद्द बैंक बित्तिय संस्थाबाट सीआस्वा प्रणालीबाट  आबेदन दिन सक्नेछन। 

रिडी पावर कम्पनी लिमिटेडको लगानी तथा व्यवस्थापनबाट साझा पावर कम्पनीको स्वामित्वमा रहने गरी २० मेगावाट क्षमताको तल्लो वलेफिखोला जलविद्युत आयोजना निर्माण गर्ने र उक्त आयोजनामा स्वः पूजी व्यवस्थापन गर्नको लागि कम्पनीले हकप्रद निष्काशन गर्न लागेको हो । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved