पिपुल्स पावर कम्पनीले पायो हकप्रद शेयर निष्कासन गर्न पूर्व स्वीकृति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 06, 2024 | 05:19:21 PM मा प्रकाशित

laxmi  sunrise bank

 पिपुल्स पावर कम्पनीले हकप्रद शेयर निष्कासन गर्न पूर्व स्वीकृति पाएको छ । विद्युत विकास विभागले कम्पनीलाई आइतबार हकप्रद शेयरको सार्वजनिक निष्कासन गर्न स्वीकृति दिएको हो ।

कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर ०.५ अनुपातमा ५० प्रतिशत अर्थात् ३१ लाख ६२ हजार कित्ता बराबर हकप्रद शेयरि निष्कासन गर्न अनुमति पाएको हो ।

कम्पनीले आयोजनाको नियमित मर्मत संभार गर्न, भुक्तानी बाँकी हिसाब फरफारक गर्न तथा नयाँ आयोजनामा लगानी गर्न साथै लगानीका स्रोतहरु पहिचान गर्दै रोजगारी सृजना गरी राष्ट्रिय पूँजी बृद्धि गर्न आवश्यक पर्ने रकम हकप्रद मार्फत् जुटाउने निर्णय गरेको जानकारी दिएको छ । 

कम्पनीले कोशी प्रदेशको इलाम जिल्लास्थित ४.९६ मेगावाटको पुवा २ जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७९।०८।१२ देखि नियमित रुपमा विद्युत् उत्पादन तथा बिक्री गरिरहेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved