अरुण भ्याली हाइड्रोको हकप्रद बाँडफाँड, १९ लाख ९२ हजार कित्ता शेयर लिलाममा आउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 11, 2024 | 10:42:57 AM मा प्रकाशित

laxmi  sunrise bank

अरुण भ्याली हाइड्रोपावर कम्पनीले निष्काशन गरेको हकप्रद शेयर बाँडफाँड भएको छ । कम्पनीले निष्काशन गरेको हकप्रद शेयर चैत्र २७ गते बाँडफाँड भएको हो ।

कम्पनीले फागुन १७ गतेदेखि चैत्र ७ गतेसम्म हाल कायम चुक्ता पुंजीको  १:१ को अनुपातमा शत प्रतिशतले हुन आउने १ करोड ८६ लाख ७९ हजार ६ सय २६ कित्ता शेयर निष्काशन गरेको  थियो । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार हकप्रदमा ३३ हजार ७ सय १४ जनाले आवेदन दिएकोमा उनीहरुलाई कुल १ करोड ६६ लाख ८७ हजार ४ सय ९२ कित्ता शेयर बाँडफाँड गरिएको छ । यस संगै बिक्री नभएको १९ लाख ९२ हजार १ सय ३४ कित्ता शेयर लिलाममा आउने छ ।

बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार हकप्रदमा नपरेको रकम चैत्र ३० गते शुक्रबार देखि सम्बन्धित शेयरधनीको खातामा कनेक्ट आईपीएस मार्फत पठाइने छ ।

नेपाल धितोपत्र बोर्डले पुस १९ गते कम्पनीलाई हकप्रद निष्काशन अनुमति दिएको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved