'फुटबल भन्ने वित्तीकै मेसि थाहा छ, अरु थाहा छैन'

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 12, 2018 | 05:36:15 PM मा प्रकाशित

laxmi  sunrise bank

सफल बैंकरका रुपमा परिचित सेन्चुरी कमर्शियल बैंकका प्रमुख कार्यकारी अधिकृत  तुलसी राम गौतम युवा अवस्थामा फुटबल खेलाडी थिए भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ। बिद्यालय तथा क्याम्पस पढ्दा फुटबलमा खुब रुची राख्ने र मौका मिल्ना साथ मैदान छिर्ने तिनै गौतम अहिले भने फुटबलको बारेमा खासै थाहा नभएको बताउछन। 

'पहिला खेलिन्थ्यो, अहिले त बर्ष मात्रै होइन, दशकौं नै भईसक्यो खेल्न छाडेको' गौतमले भने, 'अहिले त नियम पनि नयाँ नयाँ होलान, फुटबल भन्ने बित्तिकै मेसि थाहा छ, अरु केहि थाहा छैन'

फुटबल नहेरेको दशकौं भईसकेको बताउदै गौतमले यस पटकपनि फुटबल नहेर्ने बताए। 'अब पहिला जस्तो चाख छैन, त्यसैले फुटबल हेर्ने कुनै योजना नै छैन।' 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved