'नेपाल विश्वकपमा नपुगेसम्म ब्राजिलकै समर्थन'

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 12, 2018 | 08:39:58 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंकमा कामु डीपुटि सीईओको रुपमा रहेका अनिल शाह बैंकरका रुपमा जति चर्चित छन, त्यत्तिकै उनि युवा पुस्ताहरु माझ समेत लोकप्रिय छन। शाह एक सफल बैंकरका रुपमा मात्र नभई सेलिब्रिटीका रुपमा समेत चिनिन्छन।

युवापुस्ता तथा बैंकिङ क्षेत्रलाई आफ्नो करियर बनाउने चाहनेका लागि अनिल शाह 'आइकन' हुन। उनका ड़ाईहर्ट फ्यानको कमि छैन तर तीनै अनिल शाह ब्राजिलको ड़ाईहर्ट फ्यान हुन भन्ने सायदैलाई थाहा छ।

विश्वकप हेर्न थालेदेखि नै ब्राजिलको समर्थन गर्दै आएका शाहले नेपाल विश्वकपमा नपुगेसम्म आफ्नो समर्थन ब्राजिललाई नै रहने बताउछन। 'ब्राजिलले जित्छ भन्नेमा ढुक्क त छैन तर जित्छ भन्ने बिश्वास छ' अनिल शाहले भने, 'नेपाल विश्वकपमा नपुगेसम्म ब्राजिलकै समर्थक हुँ।'

विश्वकपले प्रतिस्पर्धामा हारजित स्वाभाविक हो र समर्थन गरिएको टिमले हार्दैमा हतास हुनुहुँदैन भन्ने संदेश दिने भएकाले विश्वकप खास लाग्ने शाहको भनाई छ। 'विश्वकप फुटबल केवल फुटबल खेलको प्रतिस्पर्धा मात्रै नभई प्रतिस्पर्धा गर्दैमा दुश्मनी हुनुहुँदैन भन्ने संदेश दिने खेल हो' शाहले बिजपाटीलाई भने। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved