'अर्जेन्टिनाले उत्कृष्ट खेल प्रदर्शन गर्नेमा ढुक्क'

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 15, 2018 | 05:21:51 PM मा प्रकाशित

laxmi  sunrise bank

अनेरास्ववियु ‘ क्रान्तिकारी’ का अध्यक्ष रन्जित तामाङ आफू विश्वकपको प्रतिक्षामा रहेको बताउछन् । सुरुवाती समयदेखि नै अर्जेन्टिनाको समर्थक उनी यस पटकको विश्वकपमा पनि अर्जेन्टिनालाई नै समर्थन गर्ने योजनामा छन्।

प्रत्येक ४–४ बर्षमा हुने विश्वकपमा अर्जेन्टिनाको टिमले नै उत्कृष्ट खेल प्रदर्शन गर्दै आईरहेको उनि बताउँछन् । यस पटकको खेलमा पनि अर्जेन्टिनाको खेल उत्कृष्ट हुनेमा उनि ढुक्क छन् ।

खेलाडीहरुले आफूमा भएको क्षमता प्रदर्शन गर्ने महासंग्राको रुपमा विश्वकपलाई लिन सकिने उनी बताउछन् ।‘ ‘खेलाडीभित्र रहेको क्षमता र कौशललाई शालिनतापूर्वक विश्वभरीका समर्थकहरुको माझ प्रस्तुत गर्ने मौका हो’ उनी भन्छन् । मुख्य मुख्य खेलहरु हुँदा संगठनको साथीहरुलाई एकै ठाउँमा राखेर हेर्ने योजनामा छन् उनी ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved