बिजपाटी प्रेडिक्ट एण्ड विन कन्टेस्ट : मोरोक्को र इरानको खेलमा ११ जनाले लगाए सहि अनुमान (सुची सहित)

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 16, 2018 | 01:44:20 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकप फुटबल अन्तर्गत दोस्रो दिनमा सम्पन्न खेलमा इरानले मोरोक्कोलाई पराजित गर्दै बिजयी सुरुवात गरेको छ। निर्धारित ९० मिनेटसम्म गोलरहित बनेको खेलमा अतिरिक्त समयमा मोरोक्कोबाट भएको आत्मघाती गोलका कारण इरानले जित हासिल गरेको हो।

खेलको ९५ औं मिनेटमा मोरोक्कोका अजिज बौहाद्दुजको आत्मघाती गोलले मोरोक्कोले पहिलो खेलमा नै नमिठो पराजय भोग्न बाध्य भयो। जितसंगै एशियाको पावर हाउस मानिने इरानले ३ अंक जोडेको छ।


यसै क्रममा बिजपाटीले संचालन गरिरहेको प्रेडिक्ट एण्ड विन कन्टेस्टमा ११ जनाले मोरोक्को र इरानबीचको खेल नतिजाको सहि अनुमान लगाएका छन। सहि अनुमान लगाउनेमा एल एड लम्साल, बालकृष्ण श्रेष्ठ, संजय परेज, लामिछाने केदार, ग्रिश्मा कोइराला, विजय सुबेदी, आशिस लाइफहाउस, स्याम श्रेष्ठ, नारायण थापा, राजेन्द्र पराजुली, बिजेन जेल्री रहेका छन्। 


अब यी मध्येबाट १ जनालाई गोलाप्रथाबाट बिजेता घोषणा गरिने छ। बिजेतालाई विश्वकप सकिएपछी पुरस्कार वितरण गरिनेछ।


बिजपाटीको 'डबल डोज पुरस्कार' अन्तर्गत प्रत्येक खेलमा सहि गोलको अनुमान लगाउने मध्ये एक जनाले आकर्षक उपहार पाउनेछ। साथै प्रत्येक गोलको सहि अनुमानबाट उनीहरुले अंक पाउँदै जानेछन र विश्वकप अन्तर्गतका ६४ खेल सकिएपछी अंक धेरै हुने उत्कृष्ट २० जनाले बम्पर पुरस्कार जित्नेछन। 


तपाई पनि खेलमा सहि गोल अनुमान लगाएर आकर्षक पुरष्कार जित्न चाहनु हुन्छ भने खेल सुरु हुनु अगाडी बिजपाटी डटकमको मेनुबारमा गएर 'Predictandwin' क्लिक गरेर वा सिधै www.worlcup.bizpati.com मा गएर अनुमान लगाउन सक्नुहुन्छ।

खेलका नियमहरु
-तपाईंले बिजपाटीको अफिसियल पेज https://www.facebook.com/bizpati लाई लाइक गर्नुपर्नेछ। 

-हरेक खेलमा सहि गोल अनुमान लगाउनेले प्रत्येक दिन आकर्षक पुरस्कार जित सक्नुहुनेछ। एकजना भन्दा बढी सही उत्तर मिलाउने भएमा घोषणा गोलाप्रथाबाट गरिनेछ। गोलाप्रथाको भिडियो लाइभ हुनेछ।

-प्रत्येक खेलबाट प्राप्त अंक जोडिंदै जानेछ र सबै ६४ खेल सकिएपछी  सर्वाधिक अंक प्राप्त गर्ने मध्ये २० जनालाई बिशेष पुरस्कारको व्यवस्था गरिएको छ
पुरस्कारको सुची: http://worldcup.bizpati.com/prizes

-खेल शुरु हुनु अघिसम्म गोल अनुमान लगाउन मिल्नेछ।

-खेल सकिएको २४ घण्टा भित्र बिजेताको घोषणा हुनेछ। तर पुरस्कार भने विश्वकप फुटबलको फाइनल खेलपछी मात्र वितरण गरिनेछ।

-कुनै विवाद भएमा बिजपाटी डटकमको निर्णय अन्तिम हुनेछ। 

बिजपाटी डटकममा खेल अनुमान गर्न यो लिंकमा क्लिक गर्नुहोस: http://worldcup.bizpati.com/play#_=_

पुरस्कार बारे जान्नको लागि यो लिंक क्लिक गर्नुहोस: http://worldcup.bizpati.com/toc

बृस्तृत जानकारीका लागि यो लिंक क्लिक गर्नुहोस: http://worldcup.bizpati.com/prizes

स्कोर बोर्डमा तपाईको स्थानबारे जान्न यो लिंक क्लिक गर्नुहोस: http://worldcup.bizpati.com/today_points



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved