कोकाकोलाले दियो सलमानलाई 'लात', रणवीरको लियो 'साथ' 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 21, 2016 | 02:01:29 PM मा प्रकाशित

laxmi  sunrise bank

चर्चित अन्तरदेशीय कम्पनी कोकाकोलाले आफ्नो 'थम्स अप' को बिज्ञापनबाट सलमान खानलाई हटाउने भएको छ । कोकाकोलाले सलमानलाई हटाएर उनको स्थानमा रणवीर सिंहलाई ल्याउने तयारी गरेको भारतीय संचार माध्यमहरुले जनाएका छन् । 

सलमानले बिगत ४ बर्ष देखि कोकाकोलाको बिज्ञापन गर्दै आएका थिए । कम्पनी र सलमानबीचको सम्झौता अघिल्लो महिना नै सकिएको कम्पनीले जनाएको छ । सलमानको उमेर ५० कट्न लागेकाले अब उनको ठाउमा कम्पनीले आफ्नो छवि कायम गर्नको लागि पनि नयाँ अनुहारको खोज गरेको जनाएको छ । विज्ञापन युवा पुस्ताको लागि लक्षित भएकाले रणवीरलाई ल्याउन लागिएको बुझिएको छ  ।  

 सलमानले विज्ञापन गरे बापत ५ करोड रुपयाँ पारिश्रमिक लिने गर्थे ।   कोकाकोला इंडियाले २०१२ मा अक्षय कुमारको स्थानमा सलमान खान लाइ ब्रांड एम्ब्यासडर बनाएको थियो । सलमान खान अहिले रियालिटी टिभी शो बिग बोस गरिरहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved