समाजसेवा किन नगरेको भन्नेलाई दिपक राज गिरिले दिए मुख भरीको जवाफ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 28, 2016 | 12:21:29 PM मा प्रकाशित

laxmi  sunrise bank

चलचित्र छक्का पन्जाले निकै राम्रो ब्यापार गरेपछि त्यसका निर्माता र कलाकारहरुको अहिले धेरै चर्चा छ  । धुर्मुस सुन्तली भने गिरान्चौरमा भूकम्प पीडितहरुको घर बनाउन ब्यस्त भईरहंदा छक्का पन्जा टोली भने पैसा कमाउन मात्र लागेको केहीको आरोप छ । 

यसै प्रसङ्गमा चलचित्रमा मुख्य भूमिका निभाएका कलाकार दिपक राज गिरिले आफ्ना आलोचकहरुलाई मुख भरीको जवाफ दिएका छन्  । 

उनले प्रश्न गरेका छन् 'लक्ष्मि प्रसाद देबकोटाले थुप्रै साहित्य कृति छोडेर गए जुन पुस्तकहरू अहिले तपाइ हामि पढिरह्का छौ के उनले कबिता लेख्न छोडेर समाजसेवा गर्नु पर्थ्यो?
उनले पैसा कमाउनका खातिर मात्रै सृजना गरेका थिए ति कृतिहरू? नारायण गोपालले पैसा कमाउन मात्रै गाएका थिए? '

उनले सॉधुरो सोच नराख्न अनुरोध गर्दै भनेका छन् 'समाज सेवा गर्नु पुन्यको काम हो , त्यो काम गर्नेहरू महान हुन तर संसारका सबै महिलाहरू मदर टेरेसा भएको भए यो संसार चल्थ्यो? .. के तपाइ हाम्रा मदरको पनि छुट्टै महत्व छैन समाजमा? कसै संग कसैलाइ तुलना नगर्नुस ' 

उनले अगाडी आदुले समाजसेवा पनि गरेको जनाउदै लेखेका छन्- ' हामिले त गर्यौ र गरेको महसूस पनि छ .....तर तपाइ जस्ले फेसबुकमा ....धुर्मुस जस्तो बन, सुन्तली जस्तो बन्नु भनेर अरू पेशाकर्मी, कलाकार साहित्यकारलाइ कमेन्ट गरेर बस्नु हुन्छ .....तपाइले अब आफूलाइ चाहि प्रमाणित कहिले गर्ने? कि फेसबुक कमेन्टस् मै पिएचडि गरेर मात्रै बस्ने ?' 

हेर्नुस उनको पुरा स्ट्याटस  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved