नेपाल भारत सम्बन्ध: बहादुर र धोतीको चिन्तन भन्दा माथि उठ्नु पर्छ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 04, 2016 | 04:31:35 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय राष्ट्रपतिको १७ बर्ष पछि भै रहेको राजकीय भ्रमणमा नेपाल सरकार गर्न सक्ने र गर्न मिल्ने सबै सम्मान प्रदान गरेको छ । देशमा राष्ट्रियबिदा घोषणा गरिएको छ । राष्ट्रपति स्वयं एयरपोर्टमा सम्मान गर्न पुग्नु भएको छ । 

राम प्रसाद गौतम

शान्ति सुरक्षाकालागि नेपाली सेना, सशत्र प्रहरी, नेपालप्रहरी सवै अहोरात्र खटेर काम गरीरहेका छन् । सबै उपल्लोतहका नेताहरु , प्रधानमन्त्री , परराष्ट्र् मन्त्री , विपक्षीदलका नेता , संसदमा सबैभन्दा ठुलोदल तथा सत्ता गठबन्धनमा सबै भन्दा ठूलो दलका नेता प्रणव प्रतिक्षाको लागि तत्पर तयारीमा रहनु भएको छ । 

नेपालका सबै नागरिकहरु राष्ट्रपति प्रणव मुखर्जी ससम्मान स्वागत गरी रहेका छन् । नगरुन पनि किन सार्क सम्मेलनको प्राविधिक भ्रमणलाई छोड्ने हो भने । केही अगाडी भारत कै प्रधानमन्त्रीको भ्रमण र चीनका प्रधानमन्त्रीको एक दिने भ्रमण बाहेक नेपालमा उच्च स्तरीय भ्रमण भएको छ्रैन ।  बितेका ३१ बर्षको इतिहास हेर्ने हो भने चीन र भारत बाहेक तेश्रो देशबाट नेपालमा उच्च स्तरीय भ्रमण भएकै छैन ।

बितेका ३१ बर्षको इतिहास हेर्ने हो भने चीन र भारत बाहेक तेश्रो देशबाट नेपालमा उच्च स्तरीय भ्रमण भएकै छैन ।यस पृष्ठभूमीमा यो भ्रमणको सफलता नेपालको सफल परराष्ट्रनीतिको परिचायक पनि  भएको छ।

यस पृष्ठभूमीमा यो भ्रमणको सफलता नेपालको सफल परराष्ट्रनीतिको परिचायक पनि  भएको छ । त्यो बाहेक गतबर्षको नाकाबन्दी पछि  भै रहेको उच्चस्तरीय यो भ्रमणले नेपाली जनताले तत्काल भोगेका समस्याको बारेमा भारतलाई केही जानकारी पनि  हुनेछ । यस बाहेक हाल नेपालले संविधान कार्यन्वयनको जुन महत्वपुर्ण कार्यसुचीका साथ काम गरी रहेको छ त्यस विषयमा भारत लाई जानकारी दिने काम पनि भयो । सायद भारतीय उच्च तहबाट पहिलो पटक नेपालको संविधान बनेकोमा स्वागत गरियो । यो भ्रमणको उपलव्धिको देखिने छ । 

भारत नेपालभन्दा भूगोलमा मात्र ६५ गुणा र अर्थतन्त्रमा सयौं गुणा ठुलो देश देश हो । तर्सथ नेपालले गरेका वा बनाएका कुनै नीति कार्यक्रमले भारतलाई केही असर नपर्न सक्छ तर भारतले बनाएका नीतिहरुले नेपाललाई ठुलो असर पर्न सक्छ । छिमेकीसंग त्यस्तो सम्वन्ध हुन्छ कि केही गर्दिन भन्दा भन्दै पनि एक आर्कोलाई असर परी रहेको हुन्छ । नबोलीकन बस्छु भने पनि एउटाले दाल झान्दा खुर्सानी फुराएमा आर्काको आँखामा आँशु बग्ने अवस्था आउँदछ । त्यसैले नेपालको भारत र चीनसंगको सम्वन्ध अरु देशसंगको सम्वन्ध भन्दा वढी संवेदनशील र बढी प्रभावकारी हुन्छ ।  

नबोलीकन बस्छु भने पनि एउटाले दाल झान्दा खुर्सानी फुराएमा आर्काको आँखामा आँशु बग्ने अवस्था आउँदछ । त्यसैले नेपालको भारत र चीनसंगको सम्वन्ध अरु देशसंगको सम्वन्ध भन्दा वढी संवेदनशील र बढी प्रभावकारी हुन्छ ।  

अतिथि राष्ट्रपति जो सिधै राष्ट्रपति नभएर विभिन्न मन्त्रीपद सम्हाल्दै , एक पटक लगभग कांग्रेस आई बाट प्रधानमन्त्री चर्चामा रहदा रहदै भारतका अनेक जिम्मेवारीपुर्ण मन्त्रालय सम्हाल्दै राष्ट्रपति बन्नु भएको हो र ऊहाँको गृहप्रदेश पनि नेपालसंग सिमाना जोडिएको पश्चिमबंगाल नै हो । ऊहाँलाई नेपालको सम्वन्ध र यहाँको समस्या बुझ्नको लागि सायद कुनै सल्लाहाकार र नेपालबारे बोल्नको लागि कुनै घोष्ट राइटर राख्नु पर्दैन होला । यस परिप्रेक्षमा नेपाल र नेपाली जनताहरु सम्माननीय अतिथि राष्ट्रपतिसंग सहृदय स्वागत र सम्मान व्यक्त गर्दै । निम्न आशा राखेका हुनेछन् । 

संविधान कार्यन्वयनमा सकारात्मक सहयोग
सर्बप्रथम त देशले नयाँ संविधान निमार्ण गरेको छ । ७ प्रदेश र स्थानीय तह समेत हेरफेरगरी नयाँ नेपाल निर्माण गर्ने अभिलाषा सहित बनाइएको नयाँ संबिधानमा यद्यपी धेरैकुराहरु मिलेकाछन् । तराईका केही विवादित सिमानाहरु मिलाएर अव छिटै संविधान कार्यन्वयनको चरणमा देश प्रवेश गर्दै छ । यसमा छिमेकी राष्ट्रले रचनात्मक र सन्तुलित सहयोगको आशा राख्दछ । अधिकाँश नेपालीहरु हिमाल,पहाड र तराई मिलेर बनेको प्रदेशको पक्षमा रहेकोले भारतलेपनि यो जन चाहानालाई स्वागत गरोस भन्ने आशा जनताले गरेका छन् । 

अधिकाँश नेपालीहरु हिमाल,पहाड र तराई मिलेर बनेको प्रदेशको पक्षमा रहेकोले भारतलेपनि यो जन चाहानालाई स्वागत गरोस भन्ने आशा जनताले गरेका छन् । 


१९५० को सन्धी पुनरावलोकन 
धेरै लामो समयदेखि १९५० को सन्धी असमान भयो भन्ने गुनासो आमजनमानसमा रही आएकोमा । यसमा के कस्ता असमानता रहेका छन् । त्यसको बारेमा छलफल गरेर नेपाली पक्षले जुन विन्दुमा असमानता महशुस गरेको छ । त्यसमा सन्तुलन मिलाएर पुर्नसन्धि गने वातवरण मिलाउनमा राष्ट्रपतिको सदासयता रहोस भन्ने चाहाना नेपाली जनताको छ । 

नाकावन्दी अब भोग्न नपरोस     
नेपाल भुपरिवेष्ठित देश हो । तीन सिमानामा भारत पनि 'भूपरिवेष्टित' देश हो । भूधरातलीय यर्थाथलाई नलुकाउने हो भने नेपालको व्यापारीकमार्गकोलागि भारत सवै भन्दा सहज अवागमन र पारवहन दाता राष्ट्र पनि हो । त्यसैले कहिले काँही अन्य राजनीतिक विमतिहरु सृजीति भएछन् भने पनि तिनलाई अन्य तरिकाले समाधान गरेर । नाकावन्दी जस्तो कठोर कदम नचाल्ने आत्मीय प्रतिवद्धता नेपाली जनताले आशा गरेका छन् । अस्पतालका औषधिहरु नभएको अवस्था र बच्चालाई ख्वाउन आधा लिटर दुध तताउन ३५ रुपीँयाको आधा के.जी. दाऊरा किन्न जानु परेको पिडा , नेपाली जनताले फेरी भोग्न नपरोस । 

कहिले काँही अन्य राजनीतिक विमतिहरु सृजीति भएछन् भने पनि तिनलाई अन्य तरिकाले समाधान गरेर । नाकावन्दी जस्तो कठोर कदम नचाल्ने आत्मीय प्रतिवद्धता नेपाली जनताले आशा गरेका छन् ।

व्यापार सन्तुलनमा सहयोग
नेपालमा आयात हुने ८० प्रतिशत सामान भारतवाट आयात हुने यर्थाथ भारतीय राष्ट्रपतिलाई पक्कै थाहा छ । त्यसैले भारतले केही समानहरु आयात गर्दा नेपालबाट आयात गर्ने सौविध्यशााली राष्ट्रको सुविधा प्रदान गरिदिनु हुन अनुरोध गर्दछौ । नेपालको व्यापारघाटालाई केहीहद सम्म कम गर्न भारतले यस्तो सुविधा नेपाललाई प्रदान गरोस भन्ने चाहाना नेपली व्यापारी जगतले राखेको छ । 

रेलमार्ग र फास्ट ट्र्र्याक सम्वन्धमा 
भारतले नेपालसम्म रेलमार्ग बनाउने काममा सहयोग गर्नुको साथै फास्टट्र्याक निर्माणामा पनि सहयोग गरेर नेपालको विकासमा सकारात्मक सहयोग गर्ने काममा  भूमिका खेलोस् भन्ने  चाहाना नेपाली जनताले राखेकाछन् । नेपालको बिकास हुनु  भारत र चीन दुवैको गर्वको बिषय हो ।

सम्वन्धको राष्ट्रियकरण 
नेपाली जनताले भारतसंग जहिले पनि नेपाल र भारतको छिमेकत्व भित्र बाँच्न चाहान्छन् ।  भारतले तँराईबासी नेपालीलाई अलि बढी  माया गर्ने र पाहाडि तथा हिमालीहरुलाई अलि टाढा देख्ने प्रवृतिलाई संसोधन गरोस भन्ने आशा आम नेपाली जनताको छ । यो भारतले नगरेको होला तर मनोवैज्ञानिक रुपमा केही भेद रहेको भए हटाउने प्रयास गरियोस । 

बहादुर र धोतिको चीन्तनबाट माथि उठोस सम्वन्ध
भारतले नेपालीलाई सामान्य युद्धमा लड्ने बाहदुर र नेपालीले भारतीयलाई बोतलकाजग बेच्ने धोति भन्दा माथि सोचेर व्यवहार गरियोस । त्यहाँबाट शुरुहुनेछ असल सम्वन्ध दुई देश बीच ।

यद्यपी अतिथी राष्ट्रपतिसंग हाम्रा अभिलाषालाई पुरागर्ने जादुको छडि हुँदैन  तैपनि आगामी दिनमा नेपालीहरुलाई मात्र सानो छिमेकी  देशको रुपमा नबुझेर एउटा महत्वपुर्ण छिमेकी जसले आजसम्म भारतको बेहित हुने कुनै काम गरेन । भारतको सुरक्षाको लागि सधै एउटा दर्बिलो पर्खालको उभिई रह्यो । आजपनि नेपाली युवाहरुले भारतको सुरक्षाकोलागि कश्मिर र कारकिलमा खुन बगाई रहेका छन् । यस्तो अवस्थामा नेपाललाई भारतले सधै एउटा गरिव राष्ट्रको रुपमा नवुझेर एउटा ईमान्दार छिमेकिको रुपमा बुझ्ने आशा आम नेपालीले गरीरहेका छन् । 

अब नेपालीहरु आर्थिक रुपमा जे जस्तो अवस्थामा रहे पनि चेतनागत रुपमा धेरै माथि पुगेको यर्थाथलाई बुझेर भारतले नेपालसंग त्यस्तै व्यवहार गरोस भन्ने चाहाना आम नेपाली जनताले राखेका छन् ।

अब नेपालीहरु आर्थिक रुपमा जे जस्तो अवस्थामा रहे पनि चेतनागत रुपमा धेरै माथि पुगेको यर्थाथलाई बुझेर भारतले नेपालसंग त्यस्तै व्यवहार गरोस भन्ने चाहाना आम नेपाली जनताले राखेका छन् । कुनै पनि अर्थमा भारत र नेपाल बीचको सम्वन्धमा कुनै प्रकारको ठुल्दाई , सान्दाईको सम्वन्ध नरहेर एउटा असल छिमेकीको सम्वन्ध स्थािपत गर्न यो भ्रमण कोशेढुङ्गा सावित हुनेछ  भन्ने आशाका साथ नेपाली जनताले अन्तर हृदयबाट स्वागत गर्न चाहान्छन् । 

 

                                                                      
 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved