कञ्चनपुर पुनरवास नगरपालिका–२ स्थित स्थानीय शङ्कर विकको घरमा लुकाएर राखेको १८ किलो सुन प्रहरी र सिआइबीको टोलीले बरामद गरेको छ ।
बरामद गरेको सुन जिल्ला प्रहरी कार्यालयमा ल्याउँदै गरेको कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुवेर कडायतले जानकारी दिएको छ ।