पृथक चलचित्र  'कर्माण्य'को ट्रेलर सार्बजनिक (भिडियो सहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 16, 2016 | 06:07:38 PM मा प्रकाशित

laxmi  sunrise bank

एच. आइ. भि. एड्सबाट संक्रमित एक युवकको मनोदशालाइ सशक्त रुपमा प्रस्तुत गरिएको छोटो चलचित्र 'कर्माण्य'को ट्रेलर सार्बजनिक भएको छ । चलचित्रमा युवकले जीवनमा पाएको धक्का र त्यही धक्कालाइ चुनौती दिदै अगाडी बढेको कथा समेटीएको छ।

चलचित्रका निर्देशन अर्पण बस्नेतले एक बर्ष सम्म रिसर्च गरेर तयार पारेको कर्माण्य, एच.आइ.भि. सम्बन्धी बनेका अरु चलचित्र भन्दा बिल्कुलै फरक रहेको दाबी गरेका छन् । चलचित्रमा मुख्य भूमिकामा सन २०१५ का मिस्टर नेपाल संदिप पोखरेलले डेव्यु गरेका छन् । नायक पोख्रेलले आफ्नो करियर यसै चलचित्रबाट बनाउन सक्ने आशा गरेका छन। उनको को-आर्टिस्टको रुपमा मोडल योवना कार्की देखिएकी छिन्।

पृथक रहेको चलचित्र  'कर्माण्य' मा नाट्य कलाकारहरुको बाहुल्यता छ ।   कर्माण्यमा  मिना पुर्णिमा खड्का,आदित्य शर्मा, परिक्षित बिक्रम राणा,शंकर पराजुली, सुनिल बलाल,रुपेश सुबेदी,प्रेरणा महर्जन,लोमस शर्मा,बिबेक आचार्य, नवराज खड्का लगायतको भूमिका छ ।

चलचित्र स्ट्रीट नेपालको सहकार्यमा इष्ट पोल पिक्चर्सको ब्यानरमा बनेको छ ।  बसन्त पोख्रेल चलचित्रका कार्यकारी निर्माता हुन् भने चलचित्रमा  नबिन बाबु गुरुङको छाँयाङ्कन र  प्रणव आकाशको पटकथा/संवाद  रहेको छ। निर्माता पोख्रेलले चलचित्रबाट आफु निक्कै आशावादी रहेको बताएका छन् । 

चलचित्रलाइ देशव्यापि च्यारिटी गर्ने निर्माण युनिटले जनाएको छ।

हेर्नुस ट्रेलर

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved