देशभर मल्टीप्लेक्सको क्रेज, बिस्थापित हुदै सिंगल थिएटरहरु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 22, 2016 | 03:25:31 PM मा प्रकाशित

laxmi  sunrise bank

'एक पन्थ दुई काम ' खुब सुनिने उखान हो यो। अहिले यो उखान सुनिने मात्र होइन पाइलै पिच्छे छ्याप छ्याप्ती देखिन नै थालेको छ। यही उखानलाई चरितार्थ गर्दै शहरहरुमा मल्टीप्लेक्सको बाढी नै आउन थालेको छ।

लाग्छ नेपाली सिने उद्योग सिंगल थिएटरबाट मल्टीप्लेक्सतर्फ छलांग हान्ने मुडमा छ। मल्टीप्लेक्स छलांगसंगै सिनेमा हल पुग्नुको परिभाषा समेत परिवर्तन भएको छ। यस अघि सिनेमा घर पुग्नु खालि सिनेमा हेरेर मनोरंजन गर्नु मात्रै थियो तर अहिले सिनेमा घर पुग्नु सिनेमा हेर्नु मात्रै रहेन। मल्टीप्लेक्सको छलांगले चलचित्र घरको परिभाषा नै परिवर्तन गरिदिएको ठान्छन नेपाल चलचित्र संघका पूर्व महासचिव प्रदिप कुमार उदय। उनी भन्छन - एकै छानामुनि प्राय वहुआयामिक सुविधाले कहिल्यै सिनेमा घर नआउने दर्सकलाई समेत हलमै पुगेर सिनेमा हेर्ने ट्रेन्ड बसालिदिएको छ मल्टीप्लेक्सले।

उपत्यका र देशै भरिका ठुला शहरहरुमा ३५ वटामल्टीप्लेक्स हल निर्माण हुनुले पनि दर्शकको चाहाना मुखारित गरेको देखिन्छ। अहिले सिंगल थिएटरहरु कि त बन्द भइरहेका छन् कि अपग्रेड भैरहेका छन् वा हुने तयारीमा छन्। त्यसो गर्न नसक्नेहरु बन्द भैरहेका छन्।

उपत्यकामा नै १३ वटा सिंगल थिएटर हलहरु बन्द भइसकेका छन् भने केहि सपिंग सेन्टरहरु मल्टीप्लेक्सको निर्माणमा लागेका छन्। यसले शहरहरुमा मल्टीप्लेक्सको क्रेज बढिरहेको ।देखाउँछ  ।

एकै छानामुनि धेरै पर्दासहितका सुविधा सम्पन्न सिनेमा हल, ठुल्ठुला सपिंग सेन्टर, अत्याधुनिक बार र रेस्टुरेन्टको साथै नयाँ नयाँ मंसाज कल्बले पनि चलचित्र हेर्ने दर्शक बढाएको ठान्छन आगामी साधारण सभामा चलचित्र संघको अध्य्क्ष बन्ने चाहना राखेका उदय। एकै छानामुनि थुप्रै सुविधा, छानी छानी सिनेमा हेर्न पाइने भएकाले होला दर्शक पनि सिंगल थिएटर भन्दा मल्टीप्लेक्स तर्फ बढी आकर्षित भएको उदयको बुझाइ छ। उनी भन्छन 'दर्शकहरूले सुविधाकै कारण महँगो शुल्क तिरेर भएपनि मल्टीप्लेक्स रोजिरहेका छन्। '

मल्टीप्लेक्स प्रभावकै कारण हलहरुको संख्या समेत घटिरहेको उदयको विश्लेषण छ। उनी भन्छन् केहि बर्ष अगाडी सम्म ४ सय भन्दा माथि रहेका यस्ता हलहरु २ सय मात्रै छन्। घर घरमा थिएटर टि भी पुगिसकेको अवस्थामा दर्शकलाई हलसम्म तान्न पनि मल्टीप्लेक्स चाहिने उदय बताउछन्।

सिनेमा नचलेका सिंगल थिएटरहरु भत्काएर सपिंग सेन्टर बनाइएका छन् भने सपिंग सेन्टरहरु सिनेमा हल बिना अधुरो समेत हुन पुगेका छन्। न्युरोडको रन्जना हल भत्काएर रन्जना कम्पलेक्स बनाइएको छ। कमल पोखरीको सिटी सेन्टरमा सुविधा सम्पन्न सिनेमा हल निर्माण गरिएको छ। पुल्चोकको बिशाल बजार सपिंग सेन्टरको रुपमा चल्न नसकेपछि सिनेमा हल बनाइएको छ भने थुप्रै सपिंग सेन्टर भित्र समेत सिनेमा हल समेत खुलिसकेका छन्।

उपत्यकामा मात्रै होइन मोफसलका ठुला शहरमा पनि मल्टीप्लेक्स क्रेज बढ्दो छ। नारायणघाट, हेटौडा, इटहरी, बुटवल र नेपालगन्जमा सुविधा सम्पन्न मल्टीप्लेक्स खुलिसकेका छन्।

फाइदै फाइदा मल्टीप्लेक्समा

मल्टीप्लेक्सहरुका कारण निर्माताहरुको आम्दानी बढेको छ। दर्शकले सुविधा र रोजाई पाएका छन् भने नयाँ दर्शक पनि मल्टीप्लेक्सहरुले नै जुटाई दिएका हुन्। यसो हेर्दा मल्टीप्लेक्समा फाइदै फाइदाको व्यापार जस्तो देखिन्छ। सामान्य सिनेमा घरमा भन्दा ३ सय प्रतिशतले बढी महँगो शुल्क मल्टीप्लेक्सहरुको छ। यस्ता हलहरुले लिने महँगो शुल्क  नै निर्माताको आमदानीको प्रमुख स्रोत समेत हो।

उदय भन्छन् निर्माताको आम्दानि मल्टीप्लेक्सले डेढ सय गुणाले बढाइ दिएका छन्। दर्शकहरु महँगो शुल्क तिरेर मल्टीप्लेक्स जान तयार छन्। उदयको विचारमा सुविधाका लागि दर्शकहरु महँगो शुल्क तिरेर समेत रमाइरहेका छन्। यता मल्टीप्लेक्सवालाहरुको आम्दानी सिनेमाको पर्दाले मात्र होइन रेस्टुरेन्ट,सपिंगसेन्ट , मसाज सेन्टर र जीम खानाहरुले पनि बढाईरहेका छन्।

झलक वक्स अफिसको

मल्टीप्लेक्सहरुले इ - टिकटिंग व्यवस्था गरेका कारण टिकट सेल कति भयो तुरुन्तै थाहा भैहाल्छ। ग्रोस कलेक्सन, नेट प्रोफिट हल र निर्माताहरुको सेयर हिस्सेदारी पनि पारदर्शी हुने उदयले जानकारी दिए। उदयको विचारमा मल्टीप्लेक्सले सुरु गरेको इ - टिकटिंग नै वक्स अफिसको सुरुवात हो।

हाल बन्द सिनेमा घर

रन्जना, न्युरोड

तारा, सिनामंगल

गणेश र लक्ष्मी, नयाँ ठिमी

अजिमा, वालाजु

आरति, पुतलीसडक

 मेट्रो, कुलेश्वर

मनकामना, बिजुलीबजार

चामुण्डा, जोरपाटी

सिव दर्सन, नयाँ बानेश्वर

जय नेपाल कुनै समय खत्तम अहिले सबैको आकर्षण

अहिले भन्दा १५ बर्ष अगाडी जय नेपालमा सिनेमा हेर्न जानु पैसाको नास ठानिन्थ्यो। खिया परेका र किला निस्किएका मैला सिट त्यसमाथि दर्शकले खाने चुइंगमका कारण सिनेमा हेरेर फर्किएका दर्शक कारखानाबाट काम सकेर फर्किएको मजदुर जस्तै देखिन्थे । तर अहिले त्यहि सिंगल थिएटरमा सुविधा थपेर क्युएफएक्स सिनेमाले सवै दर्शकको रोजाई बनाएको छ जय नेपाललाई।

हाल काठमाडौँमा बिग मुभिज, क्युज सिनेमा, क्युएफएक्स सिनेमा, एफ क्युब सिनेमा, सिटी म्याक्स सिनेमा लगायतका मल्टिप्लेक्स संचालनमा छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved