कसले जित्ला बालोन डी’ओरको उपाधि ? बिजेताको घोषणा आज हुदै 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 12, 2016 | 02:05:08 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वको वर्ष उत्कृष्ट फुटबल खेलाडीलाई प्रदान गरिने बालोन डी’ओर उपाधिको बिजेताको घोषणा आज हुदै छ । २०१६ को लागि मनोनयनमा परेका ३० जना खेलाडी मध्येबाट आज बिजेताको घोषणा हुन् लागेको हो।

बिजेता घोषणा कार्यक्रम फ्रान्सको पेरिसमा नेपाली समय अनुसार रातको १०:१५  बजे सुरु हुने छ । मनोनित भएका ३० खेलिद मध्ये यस पटक  बार्सिलोनाका लिओनल मेसी र रियल म्याड्रिडका रोनाल्डो,  उरुग्वेका लुइस सुआरेज, फ्रान्सका आन्टोन ग्रिजम्यान र वेल्सका ग्यारेथ वेल अग्र पंक्तिमा छन्। 

गत ८ बर्ष यो अवार्ड बार्सिलोनाका लिओनल मेसी र रियल म्याड्रिडका रोनाल्डोले मात्र जितेका छन् । यस बर्षपनि यी दुई मध्ये एकले उपाधि जित्ने आंकलन गरिएको छ । रोनाल्डोले सन् २००८ ,२०१३ र २०१४ मा यो पुरस्कार जितेका थिए भने मेस्सीले २००९. २०१०. २०११, २०१२ र २०१५ मा यो उपाधि जितेका थिए । 

यस बर्ष रोनाल्डोलाई प्रमुख दाबेदारको रुपमा हेरिएको छ ।  उनले गत सिजन रियल म्याड्रिडलाई च्याम्पियन्स लिगको उपाधि दिलाउनुका साथै यस वर्ष पोर्चुगललाई युरो कप को उपाधि पनि जिताएका थिए। 

 फ्रेन्च फुटबलले सन् १९५६ देखि हरेक वर्ष विश्वको उत्कृष्ट खेलाडीलाई अवार्ड दिँदै आएको छ । फ्रेन्च फुटबलले  सन् २००८ देखि गएको वर्षसम्म भने फिफासँगको सहकार्यमा फिफा बालोन डी’ओरअवार्ड प्रदान गर्ने गरेको थियो । तर विश्व फुटबलको प्रशासकिय निकाय फिफासँगको  सहकार्य टुटेपछि  बालोन डि’ओर अवार्ड हुन् लागेको हो  । अवार्डको सम्पूर्ण जिम्मा फ्रान्सेली फुटबलले पाएको छ ।  

फ्रान्सेली फुटबल म्यागजिनले अवार्डको लागि ६ चरणमा गरी ३० खेलाडीको नाम सार्बजनिक गरेको थियो ।   

को को छन् मनोनयनमा ? 

  • १) सर्जियो अग्युरोः म्यानचेस्टर सिटी
  • २) पिएर एमरिकः बारुसिया डर्टमुण्ड
  • ३) ग्यारेथ बेलः रियल मड्रिड
  • ४) जियानलुइजी बुफोनः युभेन्टस
  • ५) क्रिष्टियानो रोनाल्डोः रियल मड्रिड
  • ६) केभिन डि ब्राउनः म्यानचेस्टर सिटी 
  • ७) पाउलो डिबालाः युभेन्टस
  • ८) डिएगो गोडिनः एथ्लेटिको मड्रिड
  • ९) एन्टोनी ग्रिजम्यानः एथ्लेटिको मड्रिड
  • १०) गोन्जालो हेगुइनः युभेन्टस
  • ११) जाल्टन इब्राहिमोविचः म्यानचेस्टर युनाइटेड
  • १२) आन्द्रेस इनिएस्टाः बार्सिलोना
  • १३) कोकेः एथ्लेटिको मड्रिड
  • १४) टोनी क्रसः रियल मड्रिड 
  • १५) रोबर्ट लेवान्डोस्कीः बार्यन म्युनिख
  • १६) ह्युगो लोरिसः टोटनह्याम
  • १७) रियाद महरेजः लिसेस्टर सिटी
  • १८) लियोनल मेस्सीः बार्सिलोना
  • १९) लुका मोड्रिकः रियल मड्रिड 
  • २०) थोमस मुलरः बार्यन म्युनिख
  • २१) म्यानुएल नुएरः बार्यन म्युनिख
  • २२) नेइमारः बार्सिलोना
  • २३) दिमित्री पेयटः वेष्ट ह्याम 
  • २४) पेपेः रियल मड्रिड
  • २५) पउल पोग्बाः म्यानचेस्टर युनाइटेड
  • २६) रुइ प्याट्रिसिओः स्पोर्टिङ लिस्बोन 
  • २७) सर्जियो रामोसः रियल मड्रिड
  • २८) लुइस स्वारेजः बार्सिलोना
  • २९) जेमी भर्डीः लिसेस्टर सिटी
  • ३०) अटुरो भिडालः बार्यन म्युनिख

यस पटक युरोपका खेल पत्रकारहरुले मात्र भोट गरेर बिजेता चुन्ने छन् । फिफाको संलग्नतामा   टिममा प्रशिक्षक र कप्तानले पनि भोट गर्ने गरेका थिए ।

उता रोनाल्डो भने आजको कार्यक्रममा सहभागी हुने छैनन् । उनी क्लब बिश्वकप खेल्न जापान पुगेका छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved