अब वेष्टर्न युनियन मनी ट्रान्सफरमार्फत विदेशबाट पठाएको रकम एसबिआई बैंकका शाखाहरुबाट निकाल्न सकिने भएको छ। बिहीबार चौधरी ग्रुपको सिजी फिन्को र नेपाल एसबिआई बैंकबीच यस सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ।
यस सम्बन्धि सम्झौतामा सिजी फिन्कोका अध्यक्ष निर्वाण चौधरी र नेपाल एसबिआई बैंक प्रवन्ध निर्देशक अनुकुल भट्नागरले हस्ताक्षर गरेका छन्। सिजी फिन्कोले वेष्टर्न युनियन मनी ट्रान्सफरको एजेन्टका रुपमा काम गर्दै आएको छ।
एसबिआई बैंकका देशका विभिन्न जिल्लामा ६२ वटा शाखाहरु संचालनमा छन्। ति शाखाहरुबाट रेमिट्यान्स भुक्तानी हुने भएपछि यसले रेमिट्यान्स क्षेत्रलाई थप सहजता प्रदान गर्ने चौधरीले बताए।