साताको दोस्रो दिन सोमबार सुनको मूल्य स्थिर रहेको छ भने चांदीको मूल्य सामान्य घटेको छ। आइतबार प्रति तोला ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज पनि सोहि मूल्यमा कारोबार भईरहेको छ। त्यस्तै चांदीको मूल्य तोलामा ५ रुपैयाँले सस्तो भई प्रति तोला ८१५ रुपैयाँमा कारोबार भईरहेको छ।
नेपाल सुनचाँदी महासंघले सोमबार प्रति १० ग्राम फाइन गोल्डको मूल्य ४७ हजार ४ सय ९५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६९९ रुपैयाँ कायम गरेको छ।